मोदी तेस्रोपटक नेपाल आउँदै

२०७४ असोज १७ गते ०९:११ मा प्रकाशित


narendra modi

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल आएका थिए । त्यसको तीन महिनापछि नै सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन मोदी २०७१ मंसिरमा काठमाडौं उत्रेका थिए ।

पहिलो भ्रमणका क्रममा उनले निकै चर्चा र प्रशंसा पाएका थिए । दोस्रो भ्रमण भने त्यस्तो हुन सकेन ।

संविधान जारी भएपछि भारतले एकतर्फी रूपमा नाकाबन्दी लगाएपछि नेपालमा मोदीको लोकप्रियता घटेन मात्र, भारतविरोधी भावनासमेत बढ्यो ।

बिस्तारै त्यो चाप कम हुँदै सम्बन्ध पुनस् सुमधुर हुन लागेको समयमा मोदी पुनस् नेपाल आउन लागेका हुन् ।

छिमेकसँगको सम्बन्धमा जोड दिने बताउँदै आएका मोदीले आफ्नो आन्तरिक लोकप्रियताका लागि पनि नेपाल सम्बन्धलाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने अवस्था रहेकाले सुधारका पक्षमा भारतीयहरू देखिएको अधिकारीहरू बताउँछन् ।

त्यसका लागि भारतीय सरकारी कम्पनी सतलजको लगानी रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास उपयुक्त अवसर बन्न सक्ने उनीहरूको बुझाइ छ ।
(कान्तिपुर दैनिकबाट)

You may also Like this

थप समाचार

एम्बुलेन्सको ठक्करबाट बालकको मृत्यु
एम्बुलेन्सको ठक्करबाट बालकको मृत्यु

२८ कात्तिक । डोटीको दिपायल सिलगढी नगरपालिका–४, पिपल्लामा एम्बुलेन्सको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।शैलेश्वरी अस्पत ...

प्रदेश २ का लागि १०० करोड सहायता दिने मोदीको घोषणा
प्रदेश २ का लागि १०० करोड सहायता दिने मोदीको घोषणा

२८ वैशाख, जनकपुरधाम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १०० करोड सहायता दिने घोषणा ...

महानगरपालिकाले २५ करोड खर्चिएर खाल्डा पुर्ने
महानगरपालिकाले २५ करोड खर्चिएर खाल्डा पुर्ने

काठमाडौं, कात्तिक २० । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने भएको ...

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...