बेलायती प्रधानमन्त्रीको भाषणको ईयुका नेताहरुबाट स्वागत

२०७४ असोज ७ गते ११:२२ मा प्रकाशित


tereza-may-speechकाठमाडौं, असोज ७ । बेलायती प्रधानमन्त्री टेरिजा मे ले ब्रेक्जिटबाट मार्च सन् २०१९ मा बेलायत अलग भएपछि दुई वर्षको संक्रमणकालको प्रस्ताव गरेकी छन् ।

उनले इटालीको फ्लोरेन्समा गरेको एक सम्बोधनका क्रममा युरोपियन युनियनसँगको आर्थिक सम्बन्ध कायम राख्न महत्वाकांक्षी नयाँ ढाँचा बनाउनका लागि आह्वानसमेत गरकी छन् ।

आगामी दिनमा पुराना ढाँचा उपयुक्त नहुने उनको भनाइ छ । प्रधानमन्त्री मे ले बेलायतले धेरै प्रजातान्त्रिक नियन्त्रण गुमाउने भन्दै नर्वे र स्वीट्जल्याण्ड आबद्ध रहेको युरोपेली आर्थिक क्षेत्रको मोडललाई अस्वीकार गरिन ।

त्यस्तै क्यानडासँगको ईयुको स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी तयार पारिएको ढाँचा पनि बेलायतको हालको ईयुसँगको सम्बन्धसँग तुलना गर्दा निकै संकुचित हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री मे को सम्बोधन ईयूबाट ब्रिटेन अलग्गिनेबारे हाल अवरुद्ध रहेको वार्तालाई नयाँ गति दिनका लागि आएको हो । यससम्बन्धी वार्ता सोमबार शुरु हुने बताइएको छ ।

आफ्नो सम्बधोनका क्रममा उनले सन् २०१९ को मार्चमा ईयुबाट बेलायत औपचारिक रुपमा अलग भएपछि त्यसपछिका दुई वर्षसम्मका लागि एउटा संक्रमणकालीन सम्झौताको प्रस्ताव गरे ।

सम्झौता इयुसँगको एक स्थायी व्यापार सम्झौता पूर्व हुने गरी प्रस्तावित छ । त्यसमा दुई वर्ष समयका लागि ब्रिटेनले तिर्नुपर्ने २० अर्ब यूरो पनि समावेश छ ।

यसैबीच बेलायती प्रधानमन्त्री इयुबाट बेलायत अलग हुनेबारेको वार्तामा देखिएको गतिरोध तोड्ने विषयमा दिएको भाषणको इयुका प्रमुख नेताहरुले स्वागत गरेका छन् ।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोन र ब्रेक्जिटबारे इयुका प्रमुख वार्ताकार मिशेल बार्निएले भाषणको प्रशंसा गरेका हुन् ।

तर उनीहरुले बजेटसम्बन्धी बेलायतको प्रतिबद्धता र बेलायतमा रहेका इयुका नागरिकको सुरक्षासम्बन्धी नयाँ प्रारुपबारे उल्लेख गरेपछि त्यसबारे विस्तृत विवरण माग गरेका छन् । -एजेन्सी

You may also Like this

थप समाचार

गुन्डा नाइके दावा लामाका सहयोगी समातिए
गुन्डा नाइके दावा लामाका सहयोगी समातिए

काठमाडौं । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा बिहीबार पक्राउ परेका छन् । उनलाई ...

नेयमारले आगामी खेल गुमाउन सक्ने
नेयमारले आगामी खेल गुमाउन सक्ने

काठमाडौं । ब्राजिलियन स्टार नेयमारले रुस विश्वकपको बाँकी खेल गुमाउनसक्ने भएका छन् । विश्वकपको पहिलो खेलको क्रममा भएका फाउलहर ...

शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक
शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक

एजेन्सी । बलिउडका किङ खान शाहरुखको फिल्म ‘जीरो’को टिजर सार्वजनिक भएको छ । अभिनेता शाहरुखले आफ्नो फ्यानहरुलाई मुस ...

बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले यहि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई स ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...