बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

२०७५ भदौ २७ गते २०:४७ मा प्रकाशित


IMG_4484

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते बिहिबार सम्पन्न भएको छ ।

IMG_4407
बुढानिलकण्ठ नगरपालिकामा रहेका ३२ विद्यालयहरुको सहभागितामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

IMG_4468
३१ वटा विद्यालयलाई पछि पार्दै एकताबस्तिमा रहेको लोयल्टि एकेडेमीले प्रतियोगिताको उपाधि पाएको छ । सोहन ताम्राकारको कोरियोग्राफीमा विद्यालयर्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

IMG_4473
यस्तै फेरिल्याण्ड इन्टरनेशनल स्कुल दोश्रो, रिलायन्स इन्टरनेशनल स्कुल तेश्रो, फ्युजन एकेडेमी सान्त्वना र शिशु मिलन इंग्लिस हाई स्कुलले पाचौ स्थान हासिल गरेको छ ।

IMG_4452
बिहिबार नै विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

IMG_4445
बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका शिक्षा शाखा अधिकृत नवराज नेपाल, विद्यालय सरोकार समाज बुढानिलकण्ठका अध्यक्ष खेमराज घिमिरे, डब्लु भ्यानका अध्यक्ष अक्कल तामाङ, बुढानिलकण्ठ सामुदायिक विद्यालयका प्रिन्सिपल दिपक कार्की, गणेश सामुदायिक स्कुलका प्रिन्सिपल मिमकाजी श्रेष्ठ, स्याटका उपाध्यक्ष विनय श्रेष्ठ, बुढानिलकण्ठ शैक्षिक मञ्चका पदाधिकारी, शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरु, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

IMG_4430
विजयी विद्यार्थीहरुलाई नगद, ट्रफी, प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको थियो ।

IMG_4423
प्रतियोगितालाई इन्द्र मणि दाहालले संयोजन गरेका थिए ।
सोही कार्यक्रमलाई केन्द्रित गर्दै केटिएम खबरका लागि श्याम कार्कीले बुढानिलकण्ठ शैक्षिक मञ्चका अध्यक्ष कृष्ण भण्डारीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको भिडियो अंशः

You may also Like this

थप समाचार

प्रकाशको निधनले देश र पार्टीलाई नै ठूलो क्षति पुग्यो : प्रचण्ड
प्रकाशको निधनले देश र पार्टीलाई नै ठूलो क्षति पुग्यो : प्रचण्ड

ललितपुर –नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशवासीको माया र सद्भावले नै आफ ...

प्रकाशलाई अत्यन्तै आत्मीय ढंगले सम्झन चाहन्छु : प्रधानमन्त्री ओली
प्रकाशलाई अत्यन्तै आत्मीय ढंगले सम्झन चाहन्छु : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नफर्किने कुरामा वा सच्याउन नसकिने कुरामा शोक मात्रै लिएर बस्न नहुने बताउनुभय ...

जब छोरो सम्झेर भक्कानिए ‘प्रचण्ड’
जब छोरो सम्झेर भक्कानिए ‘प्रचण्ड’

तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्वाचमा होमिएका त्यतिखेरको नेकपा माओवादी केन्द्रका अध् ...

आदिमा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा प्रल्हाद दाहाल
आदिमा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा प्रल्हाद दाहाल

काठमाडौँ । आदिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा प्रल्हाद दाहाल निर्वाचित भएका छन् । कात्तिक ३० गते धुम्बाराहीम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...