कर्तब्य पुरा नगर्ने शिक्षकलाई कारबाही गर्ने शिक्षक संगठनको नै निर्णय

२०७४ माघ २७ गते २१:४६ मा प्रकाशित


Teacher association (2)

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले कर्तव्य पुरा नगर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । कक्षाकोठामा नियमित उपस्थित नहुने, निरन्तर खराब नतिजा ल्याउने साथै दलको झोला बोकेर नेतागिरी गर्ने शिक्षकलाई कार्बाही गर्ने संगठनले निर्णय गरेको हो । पहिला संगठनका सदस्यहरुबाट निर्णय कार्यान्वयनको शुरुवात गरिने र पछि अरुमा बिस्तार गर्दै लैजाने बताएको छ ।
प्रदेश नम्बर ३ को प्रथम प्रदेश सम्मेलनबाट कक्षाकोठामा केन्द्रित हुनु भन्दै ‘हाम्रो विद्यालय, राम्रो विद्यालय’ अभियान सञ्चालन गर्ने समेत एकीकृत अखिल नेपाल शिक्षक संगठनले निर्णय गरेको छ ।
सम्मेलनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका नेता अग्नी प्रसाद सापकोटाले विगतमा समयको माग अनुसार शिक्षकहरु राजनीतिक आन्दोलनमा सरिक भए पनि अब कक्षाकोठामा मात्रै केन्द्रित हुनुपर्ने बताए । अब मुलुक अभूतपूर्व समृद्धिको दिशा तर्फ अगाडी बढ्ने भएकाले त्यसका लागि शैक्षिक विकास पहिलो शर्त भएको भन्दै सापकोटाले शैक्षिक रुपान्तरण नै शिक्षकहरुको अबको कार्यभार भएको जिकिर समेत गरे ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता एवं शिक्षक फ्याक्सन इन्चार्ज पुष्पविक्रम मल्लले कर्तव्यनिष्ठ शिक्षक नै समृद्ध शिक्षाको मेरुदण्ड भएकाले मुलुकको विकासका लागि शिक्षकहरु कर्तव्यनिष्ठ बन्नु पर्नेमा जोड दिए ।

Teacher association (1)
नेपाल शिक्षक महासंघका सह–अध्यक्ष रत्नबहादुर ओलीले संगठनले विगदेखि नै उठाउँदै आएका मुद्दाहरु शिक्षा ऐनको आठौं र नवौं संशोधनले सम्बोधन गरेपनि नियमावली नआउँदा कार्यान्वयन हुन नसकेको भन्दै अब सरकारले छिटो नियमावली ल्याएर हुन्छ कि मन्त्रिपरिषद्बाट निर्णय वा कार्यविधिबाट हुन्छ शिक्षा ऐनको आठौं र नवौं संशोधन कार्यान्वयन हुनुपर्ने बताए ।
अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर विसीले क्रान्तिकारी बामपनथी तथा प्रगतिशिल शिक्षकहरु एकतावद्ध हुँदै जनवादी शिक्षाका पक्षमा संघर्ष गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले संघीय शिक्षा नीति नबन्दै स्थानीय तहले शिक्षकहरुलाई निरुत्साहित गर्ने गरी बनाएका नीति नियम नमान्ने बताएका थिए । शिक्षकहरुलाई तहलगाउने, निरुत्साहित गर्ने गरी स्थानीय तहहरुले नियमकानून बनाउदै गएको प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको भन्दै समान रुपमा शैक्षिक रुपान्तरणका लागि स्थानीयतहसँग मिलेर अघि बढ्न आफुहरु तयार रहेको उनले स्पष्ट पारे ।

You may also Like this

थप समाचार

‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)
‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनि ...

‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम्पन्न, युनिभर्सललाई उपाधि (भिडियो)
‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम्पन्न, युनिभर्सललाई उपाधि (भिडियो)

काठमाडौँ । स्कुल एलाईन्स फर एकेडेमीक ट्रान्फरमेसन (स्याट) को आयोजनामा ‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम् ...

ब्रुकलिन कलेजले गर्यो विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम (भिडियो)
ब्रुकलिन कलेजले गर्यो विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम (भिडियो)

काठमाडौँ । सुकेधारामा रहेको ब्रुकलिन कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं कक्षा १२ उतिर्ण विद्यार्थ ...

यस्तो रह्यो ह्याप्पी किड्को ‘तिज विशेष कार्यक्रम’ (भिडियो)
यस्तो रह्यो ह्याप्पी किड्को ‘तिज विशेष कार्यक्रम’ (भिडियो)

काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले हरितालिका तिजको अवसरमा आयोजना गरेको ‘तिज वि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...