वाईसियल सेलाएको छैन, बौद्धिक युवा शक्तिलाई समेट्दै छौँः संयोजक ढुंगाना (भिडियो)

२०७३ चैत्र ४ गते १७:०० मा प्रकाशित


काठमाडौँ । तत्कालिन माओवादी पार्टीको भातृ संगठन हो वाईसियल । जतिबेला माओवादी युद्धबाट शान्ति प्रक्रियामा आयो त्यसपछी पार्टीको सामाजिक गतिविधिमा विशेष गरी युवा संगठनको रुपमा आफ्नो सक्रियता देखाईरहेको छ ।
यसै सन्दर्भमा अहिले वाईसियल गतिविधि कस्तो छ ? भन्ने विषयगत कुराकानीमा केन्द्रित रहेर वाईसियल स्वयम सेवक परिचालन संयोजक सुबित ढुंगानासंग केटिएम खबरका लागि श्याम कार्कीले विशेष भिडियो सम्वाद गरेका छन । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

subin dhungana
अहिले वाईसियलको गतिविधि कस्तो छ ?
वाईसियलको गतिविधि अहिले पनि दु्रत गतिमा नै लागि रहेको छ । वाईसियल मात्र हैन समग्र युवाहरुलाई कसरी राजनीतिमा लगाउन सकिन्छ ? र युवाहरुलाई कसरी नयाँ मुभमेन्टमा लैजान सकिन्छ ?, राजनीतिमा कसरी ठाउँ प्रदान गर्न सकिन्छ ? भन्ने हिसाबले लागिरहेको छ । अब हाम्रो बैशाख ९, १० र ११ गते महाधिवेशन छ । त्यसको गृहकार्यमा हामी जुटिरहेका छौँ ।

तुलनात्म रुपमा वाईसियलको गतिविधिहरु पहिला भन्दा अहिले सक्रियता कम गरेको हो ?

हैन, हामीले हाम्रो आन्तरिक कामहरु मिलाई रहेको छौँ । गृहकार्य भईरहेको छ । सांगठनिक गतिविधिहरु विस्तार गरिरहेका छाँै । विभिन्न राजनैतिक दस्ताबेजहरु बनाईरहेका छौँ । अझ उत्साहका साथ काम गर्नका निम्ति होमवर्क गरिरहेका छौँ ।

यति बेलाको अवस्थालाई हेर्ने हो भने हरेक परिवर्तनमा युवा नै अगाडी आउँछन तर राजनैतिक ठाउँ चाही युवाहरुलाई छैन । त्यस हिसाबले गर्दा युवाहरुलाई कसरी अगाडी बढाउन सकिन्छ ? र विशेष गरी अहिलेका बौद्धिक युवा शक्तिलाई राजनीतिमा कसरी आकर्षित गर्न सकिन्छ ? भन्ने कुरामा हामी लागेका छौँ ।
पार्टी भित्र यहाँहरुको भुमिका कस्तो हुन्छ ?
भुमिका भनेको नेतृत्वलाई सहि सुझाव दिने । युवाहरुलाई राम्रोसंग परिचालन गर्ने, जनतालाई सार्वजनिक संविधानको बारेमा जानकारी गराउँने र विशेष गरी पार्टी नेतृत्वलाई राम्रोसंग काम गर्नलाई दबाव दिने कुरामा हाम्रो पहल तथा भुमिका छ ।
सुबित ढुंगानासंगको थप कुराकानी तथा भिडियो कुराकानीको लागि तलको युटुब लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...