बलिउडका ठुला स्टारले किन कपिललाई मुन्टो बटारे ?

२०७४ भदौ १ गते ११:४५ मा प्रकाशित


kapil---१ भाद्र । भारतमा कुनै पनि नयाँ फिल्म रिलिज हुनुअघि कमेडिन कपिल शर्माको शोमा गएर प्रमोसन गर्ने प्रचलन नै बसिसक्यो । तर, अभिनेता अक्षयकुमार आफ्नो पछिल्लो फिल्म ‘ट्वाइलेटः एक प्रेमकथा’ को प्रमोसनका लागि कपिलको शोमा गएनन् ।

यसअघि अक्षय आफ्ना हरेक फिल्मलाई लिएर कपिलको शोमा जाने गरेका थिए । कपिल र अक्षयको कमिक ट्यूनिङ पनि निकै राम्रो थियो । र, फिल्मलाई पनि यसले फाइदा गरेको थियो । तर, अहिले आएर अक्षयले किन कपिललाई मुन्टो बटारे ? बलिउडमा अहिले यो प्रश्नको उत्तर खोजी भइरहेको छ ।

त्यसो त अक्षय मात्र होइन, अन्य स्टारहरुले पनि कपिलसँग दुरी बनाउन खोजेको देखिन्छ । कपिललाई निकै माया गर्ने शाहरुख खान, सलमान खान र रणवीर कपुरजस्ता स्टारहरु पनि आफ्नो पछिल्लो फिल्मको प्रमोसनका क्रममा कपिललाई उपेक्षा गरे ।

शाहरुख र अनुष्का शर्मा आफ्नो फिल्म ‘जब ह्यारी मेट सेजल’ को प्रमोसनका लागि कपिलको शोमा पुगेनन् । त्यतिबेला कपिलको स्वास्थ्य बिग्रिएकाले शाहरुख आउने कार्यक्रम रद्द भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए ।

अभिनेता सलमान खानले पनि आफ्नो फिल्म ‘ट्यूबलाइट’ लाई कपिलको शोमा प्रमोसन गरेनन् । बरु उनले सोही च्यानलमा दुई घन्टाको विशेष एपिसोड सुटिङ गरे । यसमा कपिलका पुराना साथीहरु सुनील ग्रोवर, अली असगर, सुगन्धा मिश्रा र संकेत भोसलेले साथ दिएका थिए । सलमानले आफ्नो फिल्मलाई नच बलिये ८, सारेगामापा लिटिल च्याम्पियन र तारक मेहताको उल्टा चश्मामा प्रमोट गरे ।

यसै प्रकारले रणवीर र कैटरिना कैफ पनि आफ्नो फिल्म जग्गा जासुसको प्रमोसन गर्न कपिलको शोमा गएनन् । जबकि उनीहरु अन्य थुप्रै रियालिटी शोमा पुगेका थिए ।

कपिलसँग बिमान यात्राका क्रममा झगडा परेपछि उनको पुरानो टिमका केही कलाकारले शो छाडेर हिँडेका छन् । त्यसलाई पूर्ति गर्न कपिलले चन्दन प्रभाकर र भारती सिंहलाई भित्र्याए । तर, यसले खासै फरक परेको छैन । शोको टिआरपी तल झर्ने क्रम जारी छ । सायद यही भएर सुपरस्टारहरुले कपिललाई भाउ दिन छोडेको अनुमान गरिएको छ । त्यसो त उडिरहेको जहाजभित्र आफ्नै सहकर्मीहरुलाई तथानाम गाली गरेको खबर सार्वजनिक भएसँगै कपिलको छवी नराम्ररी बिग्रिसकेको छ । -एजेन्सी

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...