स्मार्ट लाइसेन्स वितरण सुरू

२०७४ भदौ २२ गते १४:२७ मा प्रकाशित


samrt-cardकैलाली, भदौ २२ । सेती अञ्चल यातायात व्यवस्था कार्यालयले बुधबारबाट विद्युतीय प्रविधिको स्मार्ट कार्ड ९लाइसेन्स० वितरण गर्न थालेको छ ।

कार्यालयका प्रमुख कृष्ण भुसालले धनगढी उपमहानगरपालिका–४ का राजेन्द्र आमात्यलाई पहिलो स्मार्ट लाइसेन्स प्रदान गर्दै यो नयाँ प्रविधिबाट लाइसेन्स वितरणमा एकरुपता ल्याउनुका साथै यातायातलाई अझ बढी सुरक्षित, व्यवस्थित र भरपर्दो र विश्वसनीय बनाउन सहज हुने जानकारी दिए ।

उनले यस प्रकारको लाइसेन्सबाट गलत मान्छेले लाइसेन्स पाउने तथा गलत तरिकाले दुरूपयोग गर्ने सम्भावना कम हुने बताए । पोलिकार्बोनेटबाट बनेको क्रेडिट कार्ड साइजको यो विद्युतीय कार्ड टिकाउ र बोक्न सजिलो हुनाका साथै आगो र पानीबाट बिग्रिने समस्या नरहने बताए ।

हाल सुरूआती चरणमा नवीकरण गर्नेलाई यो लाइसेन्स वितरण गरिने भए पनि केही सातामा नयाँ लाइसेन्स लिने सेवाग्राहीलाई पनि वितरण गरिने कार्यालयका प्रमुख भुसालले जानकारी दिए । यसको अवधि ५ वर्षको हुनेछ भने बनाउँदा पनि ५ सय राजस्व तिर्नुपर्ने व्यवस्था छ । रासस

You may also Like this

थप समाचार

क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल
क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल

एजेन्सी । क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले युभेन्टसको अन्डर नाइन टोलीका लागि डेब्यु खेलमा नै चार ...

सागरको पहिलो कोशेली ‘नजरको तिर’ बजारमा (भिडियो)
सागरको पहिलो कोशेली ‘नजरको तिर’ बजारमा (भिडियो)

काठमाडौँ । लामो समयदेखी कोरियोग्राफीमा क्रियाशिल एवं डान्स रियालीटि शो ‘आइ क्यान डान्स’का निर्णायक सागर लोप्चनले ...

रविन्द्रलाई ‘पुतली नाच छम्म छम्म’ मा अञ्जलीको साथ (भिडियो)
रविन्द्रलाई ‘पुतली नाच छम्म छम्म’ मा अञ्जलीको साथ (भिडियो)

काठमाडौँ । गायक सागर सेञ्चुरीको तिजको गीत ‘पुतली नाच छम्म छम्म’ बजारमा आएको छ । हरितालीका तिजको अवसरमा ल्याइएको ...

गायक सिवाकोटीको प्यारी छोरी बजारमा
गायक सिवाकोटीको प्यारी छोरी बजारमा

युरोप जस्तो अत्यन्तै ब्यस्त शहर मा रहेर पनि आफ्नो कला संस्कृति लाई जोगाई राख्न को लागी रात दिन तल्लिन रहने अत्यन्तै लोक प्रिय ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...