श्रीलङ्कामा बाढी, दुई जनाको मृत्यु, ८६ हजार प्रभावित

२०७५ पुस १२ गते १०:५७ मा प्रकाशित


badhi

कोलम्बो, १२ पुस । श्रीलङ्कामा आएको बाढीका कारण बुधबारसम्म दुई जनाको मृत्यु भएको छ भने अरु ८६ हजार जना प्रभावित भएका छन् ।

अत्यधिक बर्षापछि आएको बाढी र पहिरोमा परी ठूलो मात्रामा भौतीक संरचनामा समेत क्षती पुगेको श्रीलङ्काको प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रभावित मध्ये ११ हजार जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ भने अरुलाई पनि खोजी तथा उद्धार गरिएको अधिकारीहरूको भनाई छ ।



सोमबार बर्षा रोकिएपछि मौसमी अवस्था सामान्य भएको छ । तर स्थानीयबासिन्दा भने फेरि बर्षा हुनसक्ने र बाढी आउने डरले प्रभावित क्षेत्रमा बस्न मानेका छैनन् ।

बाढीले सवैभन्दा धेरै मुल्लाइतीभु, किल्लीनोच्ची, मान्नार, भाभुनिया र जफ्नामा असर पारेको समाचारमा जनाइएको छ ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले घरमा क्षती भएकाहरूलाई घर बनाउनका लागि राहत स्वरूप १४ सय अमेरिकी डलर उपलब्ध गराउन निर्देशन दिनु भएको छ ।

त्यसैगरी अन्य प्रभावितहरू र मृतकका परिवारलाई पनि राहतको व्यवस्था गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

You may also Like this

थप समाचार

श्रीलङ्कामा बाढी, दुई जनाको मृत्यु, ८६ हजार प्रभावित
श्रीलङ्कामा बाढी, दुई जनाको मृत्यु, ८६ हजार प्रभावित

कोलम्बो, १२ पुस । श्रीलङ्कामा आएको बाढीका कारण बुधबारसम्म दुई जनाको मृत्यु भएको छ भने अरु ८६ हजार जना प्रभावित भएका छन् । अत ...

धरहरा पुनर्निर्माणको शिलान्यास आज
धरहरा पुनर्निर्माणको शिलान्यास आज

१२ पुस, काठमाडौं । धरहरा पुनर्निर्माणको शिलान्यास आज हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे पुनर्निर्माणक ...

रोनाल्डोले युभेन्ट्सलाई हारबाट जोगाए
रोनाल्डोले युभेन्ट्सलाई हारबाट जोगाए

१२ पुस, काठमाडौं । युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा एटलान्टासँग बुधबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । युभ ...

दिपिकाले विवाहमा लगाएको करडौँको हिराको औँठी चर्चामा
दिपिकाले विवाहमा लगाएको करडौँको हिराको औँठी चर्चामा

बलिउड नायिका दिपिका पादुकोण र रणवीर सिंहले भर्खरै विवाह गरेका छन् । निकै गोप्य तरिकाले गरिएको विवाहको फोटो अहिले सामाजिक सञ् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...