बीपीको विचार, गणेशमानको त्याग र किसुनजीको निष्ठाको राजनीति कांग्रेसले बिर्सन हुँदैनः कांग्रेस युवा नेता श्रीराम लामिछाने

२०७४ पुस २३ गते ००:३३ मा प्रकाशित


ShreeRam Lamichhane I Interview

काठमाडौँ । पछिल्लो चुनाबी परिणामसंगै देशब्यापी रुपमा नेपाली कांग्रेस पछाडि परेको छ । दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्र विच भएको बाम गठबन्धनले बहुमत हाशिल गरेको गरेको छ । यसै पेरीफेरीमा रहेर अबको नेपाली कांग्रेसको भुमिका तथा चुनौतिका विषयमा नेपाली काग्रेसका युवा नेता श्रीराम लामिछानेसंग केटिएम खबरका लागि रवि भट्टराईले विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः
यहाँलाई स्वागत छ ।
धन्यबाद ।
पछिल्लो चुनाबी परिणामसंगै काग्रेस पछाडी पर्यो कसरी लिनु हुन्छ ?
निर्वाचनको परिणाम सोचे जस्तो सहज नआउँदा खिन्न हुनु स्वभाविक नै हो । सिंगो पार्टीलाई कर्म थलो बनाएर जनताको सेवा गर्छु भनेर हिडि रहदा पार्टीले चुनाब हार्दा कार्यकर्ता पंत्तिमा निराशा छाउछ । तर एउटा तराजुमा एकापट्टि आधा केजीको ढक र एक केजीको ढक एकातर्फ र अर्को तर्फ एक केजी मात्र राख्दा स्वभाविक हो डेढ केजी तर्फ तराजु ढल्कन्छ । हो यस पटक हाम्रो पार्टीले चुनाब हार्दै गर्दा केही हाम्रै तर्फबाट कमि–कमजोरी त भएको नै हो र त्यी कमी–कमजोरीलाई हामीले आत्मसाथ गर्न नसक्दा प्राविधिक रुपमा पछाडि पर्यौ ।
स्थानिय चुनाब पछाडि आन्तरिक तालमेल नमिलेर चुनाबमा पछाडि पर्यौ भन्नु हुन्थ्यो, यो पटक पनि जनताले पत्याएनन् नी ?
जनताले नपात्याएका हैनन । समानुपातिक तर्फ हेर्नु हुन्छ भने हामीलाई जनताले राम्रो नै मत दिनु भएको छ तर हामी प्रत्यक्ष तर्फ अगाडि आउन नसके कै हो । तपाईले भनेजस्तै मैले स्थानिय निकाएको चुनाबताका पनि भनेको थिए । पार्टी भित्रै पार्टी सभापतिलाई समेत नछाड्ने स्वईच्छाचारी प्रवृति हाबि भयो । त्यसैले हामी पछाडि पर्यौ । वास्तबमा नै यो तितो यथार्थ पनि हो ।
पछिल्लो प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाबमा पनि आन्तरिक तालमेल मिलेन भन्नु भएको हो ?
पछिल्लो समय हामी प्रदेश तथा प्रतिधिसभा चुनाबमा जादै गर्दा स्थानिय निकायको चुनाबमा भएका कमिजोरीलाई समेत वास्ता नगरी स्थानिय चुनाबमा कार्यकर्ताले गरेको बद्माशिलाई समेत कारबाहीको प्रक्रिया अगाडि नबढाई हामी चुनाबमा होमिएका हौँ । यो पनि हाम्रा लाागि प्रत्तिउत्पादक बन्यो । अर्को तर्फ टिकट वितरणमा पनि मनोमानी देखियो, पारदर्शी देखिएन । बाम गठबन्धनले दिएको स्थिरताको नारालाई समेत कांग्रेसले चिर्न सकेन । सात सालदेखि कांग्रेसको नेतृत्वमा भएको आन्दोलन हामी स्थिरता पनि दिन्छौ र सबृद्धि पनि दिन्छौ भन्ने कुरा नेपाली जनताले पत्याउन सकेनन र नेपाली जनतालाई विश्वास दिलाउन नसक्ने गरी पार्टी सञ्चालन गर्नु अहिलेको नेतृत्वको ठुलो कमजोरी हो ।
नेतृत्वको नै कमजोरीका कारण यो अबस्था श्रृजना भएको हो ?
कांग्रेस नेतृत्वले लिएको गलत नीतिका कारण नै यो अबस्थामा आएको हो । तपाईले देख्न सक्नु हुन्छ सरकार सञ्चालन प्रक्रियामा पनि गलत निर्णयहरु हाबि भएकै हुन । आईजीपी प्रकरण होस या प्रधानन्यायधिसलाई महाअभियोग होस या राजदुत प्रकरण होस यस्ता किसिमका अदूरदर्शी निर्णयले गर्दा पनि जनातामा नकारात्मक भावना फैलिनु स्वभाविक नै हो । अर्को मुल कुरा नेपाली कांग्रेस भित्र विपीको विचार, गणेशमानजीको त्याग र किसुनजीको निष्ठाको राजनीति छाडेर कुहिरोकोे काग जस्तै भएर अन्धा–धुन्दा निर्णयहरु गर्नु नै गलत हो । पटक–पटक सरकारमा जान्छौ तर जनतामा अस्विकृत किन हुन्छौ त ? मैले भनि सके लोकतन्त्र र लोकतान्त्रिक अभ्यासका लागि लडेको पार्टी भित्रै लोकतान्त्रिक अभ्यास हुनुको सट्टा ब्यक्तिबादी चरित्र हाबी हुनाले चुनाबी परिणाममा पछाडि पर्यौ ।
काठमाण्डौको कुरा गरौ, यहा पनि पछाडि नै पर्नु भयो नी ?
निश्चित रुपमा देशब्यापी रुपमै पछाडी परेको समयमा काठमाण्डौमा पनि प्रभाव रह्यो तर यहाँ फरक प्रभाव भयो । यहा विवेकशिल साझा पार्टीले राम्रै मत काट्यो । काठमाण्डौलाई नै तार्गेट गरेर तराजु चिन्हमा विबेकशिल शाझाले प्रतिनिधिहरु उठाएको थियो । मत पनि राम्रै ल्यायो । जित हाशिल गर्न नसके पनि कसैको हार जितमा भुमिका खेल्यो । त्यसैले देशभर हेर्ने हो भने त काठमाण्डौको नतिजा केहि सकारात्मक भन्न सकिन्छ तर चित्त बुझ्दो चाँही भन्न मिल्दैन ।
तपाईलाई भनौ जति पनि हाम्रो पार्टी भित्र भएका अपारदर्शी निर्णय , अदूरदर्शी निर्णय सम्पुर्ण काठमाण्डौका जनताले बुझे । त्यसैले हामीले यो क्षती ब्यहोर्नु पर्यो ।
अब तपाईको पार्टीको भुमिका के रहन्छ ?
अब लोकतन्त्रको रक्षा गर्न रचनात्मक प्रतिपक्षको भुमिका कांग्रेसले लिनु पर्छ र जनहितका मुद्धाहरुलाई कांग्रेसले उठाउँदै जनपक्षिय निर्णहरु गर्नु अबको आवश्यकता हो ।
समय र संवादको लागि धन्यवाद ।
धन्यवाद ।

श्रीराम लामिछानेसंगको भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...