प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा

२०७४ फागुन १ गते १२:१६ मा प्रकाशित


sher-dhan-rai

फागून १, काठमाडौँ  । प्रदेश-१ का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग छ भने त्यो शेरधन राइसँगै छ । अनि, यस्तो काम गर्ने अधिकार कसैसँग छ भने, त्यो पनि उनैसँग ।

किनकि, भोजपुरका शेरधन मुख्यमन्त्री बन्दैछन् । प्रदेश-१ मा एकल बहुमत भएको एमालेबाट संसदीय दलको नेता चयन भएका राई स्वतः मुख्यमन्त्री बन्न लागेका हुन् । पर्यटन, पूर्वाधार, ऊर्जा, कृषि, व्यापार र उत्तरी नाका सञ्चालन आफ्ना मुख्य एजेन्डा हुने उनले बताएका छन् । आफ्ना मुख्य एजेन्डा र तिनको व्याख्या राईले यसरी गरेका छन्, उनकै शब्दमा, साभारः अनलाईन खवर डटकम । 

पहिलोः पर्यटन प्रबर्द्धन र प्रचार

मेरो पहिलो प्राथमिकता पर्यटन हुनेछ । पर्यटनमा समृद्ध भएर पनि प्रदेश-१ पछाडि परेको छ । आज सगरमाथाको प्रवेश विन्दु नाम्चे बजारको प्रतिव्यक्ति आय चार हजार अमेरिकी डलर छ । जबकि, मुलुकको प्रतिव्यक्ति आय नै हजार कटेको छैन ।

प्रदेश-१ मै पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथालगायत कञ्चनजंघा, लोत्से, मकालु आदि हिमाली क्षेत्रमा पर्यटन प्रबर्द्धन र प्रचारको अभिभारा अब हाम्रै हो ।

राजधानीबाटै मात्रै हुँदै आएको ‘माउन्टेन फ्लाइट’लाई विराटनगर वा भद्रपुरबाट पनि विस्तार गर्नुपर्नेछ । अब ट्रेकिङका लागि धरानबाट मकालु आधारशिविर, चारआलीबाट कञ्चनजंगा आधारशिविर, मिर्चैयाबाट सगरमाथा आधारशिविरसम्मको प्याकेज ल्याएर भारतीय पर्यटक तान्नुपर्छ ।

पूर्वका प्याराग्लाइडिङ र र्‍याफ्टिङ सेवामा विश्व बजारका पर्यटक तान्न सरकारी सहयोग दिइनेछ । पूर्वका धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाको पनि पर्यटकीय कोणबाट विकास गरिनेछ ।

प्रदेशकै पर्यटकीय कमाई पाँच वर्षभित्रमा नाम्चे बजारको हाराहारीमा पुर्‍याउने मेरो सपना छ ।

दोस्रोः पूर्वाधार विकास

पर्यटन प्रबर्द्धनका लागि भौतिक पूर्वाधार र यातायातको पहुँच हुनैपर्छ । यसका लागि मेरो दोस्रो मुख्य प्राथमिकता सडक सञ्जाल र हवाई उडान विस्तार हुनेछ ।

प्रदेशका कुना-कुनासम्म सडक सञ्जालले जोडिनेछ । मध्यपहाडी र हुलाकी राजमार्गको निर्माण सम्पन्न गरिनेछ । प्रदेशभित्र एक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने मेरो लक्ष्य छ ।

प्रदेशमै एक अन्तर्राष्ट्रियस्तरको क्रिकेट र फुटबल स्टेडियम पनि निर्माण गरिनेछ । पहाडी क्षेत्र र त्यसमा पनि पर्यटकीय क्षेत्रमा सम्भव भएसम्म केबल कार सञ्चालन गरिनेछ ।

तेस्रोः ऊर्जा उत्पादन

नेपालको कुल जलविद्युत् उत्पादनको एक तिहाइ प्रदेश-१ मा पर्छ । त्यो सबै सञ्चालनका लागि पहिला आधारहरु तय गरिनेछ । नवीकरणीय ऊर्जाको पहुँच गाउँ-गाउँसम्म पुर्‍याउन अध्ययन गरिनेछ र कार्यक्रम ल्याइनेछ ।

चौथोः अर्गानिक कृषि उत्पादन

प्रदेश-१ यस्तो भूमि हो, जहाँ हिमालदेखि तराईसम्मका अन्नबाली उत्पादन हुन्छन् । यहाँका किसानलाई सहुलियतको मल, बीउ र प्रविधि हस्तान्तरण गरे अर्गानिक कृषि उत्पादन गरिनेछ ।

कृषकको उत्पादनलाई उद्योगसँग जोडिनेछ । कृषि क्षेत्र र कृषकको विकासका लागि कृषि विशेषज्ञ तथा इन्जिनियरसँग छलफल गरी विस्तृत कार्यक्रम ल्याइनेछ ।

पाँचौं: निर्यातमुखी औद्योगिक उत्पादन

प्रदेश-१ को उत्तरी सिमाना विश्वकै विशाल अर्थतन्त्र चीन तथा बाँकी सीमा एसियाको उदीयमान अर्थतन्त्र भारतसँग जोडिन्छ । यो प्रदेशको पूर्वी सीमाबाट केही घण्टामै बंगलादेश र भुटान पुग्न सकिन्छ ।

प्रदेशको यस्तो रणनीतिक महत्व बुझेर निर्यातमुखि उत्पादनमा बढावा दिइनेछ । अलैंची, कफी, चिया, रुद्राक्षजस्ता निर्यातमुलक कृषिका अतिरिक्त अन्य वस्तु तथा सेवाको विकास गरेर व्यापार प्रबर्द्धन गरिनेछ ।

उत्पादनमुलक अर्थतन्त्र विकासका लागि धरान, विराटनगर, धनकुटा र झापामा रहेका औद्यौगिक क्षेत्रमा निर्यातमुलक उत्पादन गर्न प्रोत्साहन दिइनेछ ।

छैटौं: उत्तरी नाका सञ्चालन

प्रदेश-१ का ताप्लेजुङस्थित ओलाङचुङगोला र संखुवासभास्थित किमाथांका नाकाहरु चाँडो खोल्न बजेट तथा कार्यक्रम बढाइनेछ ।

एमाले सरकारका प्रधानमन्त्री केपी ओलीले गरेको पारवहन र प्रचण्ड सरकारले गरको ओबीओर (वान बेल्ट वान रोड) सम्झौताले पनि यो काममा थप नीतिगत सहयोग हुनेछ ।

उत्तरी नाका खोलेपछि यस प्रदेशको व्यापार र पारवाहन गतिविधिहरु स्वतः बढेर जानेछन् । र, जनताको जीवनस्तर माथि उठ्नेछ ।

साभारः अनलाईन खवर डटकम ।

You may also Like this

थप समाचार

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...