पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग

२०७५ पुस १८ गते २०:०७ मा प्रकाशित


prithibinarayanshah

काठमाडौँ, १८ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गरेको छ । 

धूम्रबराहीस्थित केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले उक्त जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन पार्टीका प्रदेश, जिल्लालगायत सबै तहलाई निर्देशन दिएको नेता भुवन पाठकले जानकारी दिनुभयो । 

केन्द्रीय सदस्यहरु, विभागका प्रमुख र सदस्य सचिव र भ्रातृ सङ्गठनका अध्यक्ष र महासचिवको सहभागिता रहेको बैठकले वाइड वडी जहाज खरिद प्रकरणमा संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले अनियमितता भएको ठहर गरेको विषयलाई गम्भीरतापूर्वक लिई तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ । 

आगामी फागुन १५ गतेदेखि ३० गतेसम्म राष्ट्रिय स्वाभिमानको जगेर्नाका लागि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गरिने बैठकले निर्णय गरेको छ । बैठकले सङ्गठन सुदृढीकरण अभियानमा सहभागी हुन केन्द्रीय कार्यसमितिका प्रत्येक सदस्यले अनिवार्य रुपले प्रदेशसभा वा सङ्घमा आफ्नो निर्वाचन क्षेत्र छान्नुपर्ने, छानिएका निर्वाचन क्षेत्रको जानकारी एक हप्ताभित्र पार्टीको केन्द्रीय सचिवालयलाई दिनुपर्ने र निर्वाचन क्षेत्र छनोट नगरेका सदस्यलाई सङ्घ तथा प्रादेशिक निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा उमेदवार नबनाइने निर्णय गरेको छ ।  (रासस)

You may also Like this

थप समाचार

नेपाल आइडल सिजन २ः कसले मार्ला बाजी ?
नेपाल आइडल सिजन २ः कसले मार्ला बाजी ?

नेपाल आइडल सिजन २ः कसले मार्ला बाजी ?

फ्रान्स र बेल्जियम भिड्दै, को पुग्ला फाईनल ?
फ्रान्स र बेल्जियम भिड्दै, को पुग्ला फाईनल ?

एजेन्सी । विश्वकप फुटबलमा आज हुने पहिलो सेमिफाईनलमा युरोपका दुई महारथी फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुदैछ । सेन्ट पिटरव ...

को पुग्ला फाइनलमा, फ्रान्स कि बेल्जियम ?, भोट गर्नुहोस्
को पुग्ला फाइनलमा, फ्रान्स कि बेल्जियम ?, भोट गर्नुहोस्

को पुग्ला फाइनलमा, फ्रान्स कि बेल्जियम ?, भोट गर्नुहोस् ...

बागलुङे दुर्घटनाः वडा सदस्य घिमिरेसहित दुईको मृत्यु, दुई घाइते
बागलुङे दुर्घटनाः वडा सदस्य घिमिरेसहित दुईको मृत्यु, दुई घाइते

बागलुङ । बागलुङमा दुर्घटना हुदाँ दुईको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा भएको दुर्घटन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...