सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न छनौट

२०७४ फागुन १८ गते ०८:५२ मा प्रकाशित


sandeep lamichhane

नेपाली लेग स्पिनर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग ( सीपीएल टि-२० ) मा छानिएका छन्। इंग्ल्याण्डमा भएको सीपीएलको ड्राफ्टमा सन्दिपलाई सेन्ट किट्स प्याट्रिएट्सले ५ हजार अमेरिकी डलरमा खरिद गरेको हो। सन्दिपलाई ड्राफ्टको १३ औं राउण्डमा खरिद गरेपछि आईपीएल पछि क्यारेबियन प्रिमियर लिग खेल्ने सन्दिप पहिलो नेपाली खेलाडी भएका छन्। इन्डियन प्रिमियर लिग आईपीएल टिम दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो।

patriots

सन्दिपको टिम सेन्ट किट्स प्याट्रिएट्समा क्रिस गेल पनि खेल्ने छन् जसलाई ड्राफ्टमा टिमले सर्वाधिक मुल्य १ लाख ६० हजार डलरमा खरिद गरेको हो। यस्तै एभिन लुइस, कार्लोस ब्राथवेट, बेन कटिंग जस्ता खेलाडीहरु सन्दिपको टिममा छन्।

सन् २०१३ देखि आयोजना हुँदै आएको सीपीएल टि-२० को पाँचौ संस्करण अगस्टमा आयोजना हुँदैछ जसमा बिश्वभरका उत्कृस्ट अन्तर्राष्ट्रिय क्रिकेटरहरु खेल्ने गर्छन्। ६ वटा फ़्रेन्चाइज् टिम सहभागी हुने प्रतियोगिताको गत सिजनको बिजेता शाहरुख खानको लगानी रहेको त्रिन्बागो नाइट राइडर्स रहेको थियो।

अन्तर्राष्ट्रिय लिगहरु खेल्न एजेन्ट मार्फत खेलाडीको नाम दर्ता हुनेगर्छ र सन्दिप लामिछाने एजेन्टकै मार्फत पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा परेका थिए। आईपीएलमा भने सन्दिपलाई ड्राफ्टमा राख्न नेपाली क्रिकेटकै उच्च तहबाट पहल भएको थियो।

हालै सम्पन्न बिश्व क्रिकेट लिग डिभिजन-२ मा उत्कृस्ट प्रदर्शन र आईपीएलमा छनौट भएका कारण क्यारेबियन प्रिमियर लिगमा सन्दिपको छनौट हुने सम्भावना ज्यादा मानिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा रिस्ट स्पिनरहरुको बढ्दो माग सन्दिप छनौट हुने कारण हो। विकेट नेपालबाट

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...