नेपाली लेग स्पेनर सन्दिप टी–१० खेल्दै

२०७५ कार्त्तिक ३० गते १८:१७ मा प्रकाशित


sandeep lamichhane balling

विश्व क्रिकेटमा आफ्नो छुट्टै आयाम बनाईरहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टि–१० लिग खेल्दैछन् । इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग , ग्लोबल टि–२० लिग क्यानडा र अफगानिस्थान प्रिमियर लिग यसपछि नै खेलिसकेको सन्दिपले टी–१० खेल्न लागेका हुन् ।

आगामी नोभेम्बर २१ तारिक देखि सुरु हुने टि–१० लिगमा सन्दिप केरला किंग्सबाट खेल्नेछन् । किंग्सले २१ तारिकमा शहिद अफ्रिदी आइकन खेलाडी रहेको पख्तुनको सामना गर्नेछ । गत महिना सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई किंग्सले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो ।
प्रतियोगितामा सहभागी हुन सन्दिप नोभेम्बर १८ तारिकमा युएई प्रस्थान गर्ने सन्दिपका नेपाल ब्यबस्थापक रमन शिवाकोटीले जानकारी गराएका छन् । शिवाकोटीले युएई प्रस्थान गर्नु अघि सन्दिपसंग कुराकानीको लागि पत्रकार सम्मेलन आयोजना गर्ने समेत बताए । सन्दिपको टिम केरला किंग्समा इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन आइकन खेलाडी र कप्तान रहेका छन् ।

यस्तै टिममा क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ्ग, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन् । केरला किंग्सको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गर्नेछन् ।

You may also Like this

थप समाचार

सुविधा कटौतीको विरोधमा देशैभरका कपडा उद्योग बन्द
सुविधा कटौतीको विरोधमा देशैभरका कपडा उद्योग बन्द

काठमाडौं– कपडा उद्योगीले शनिबारदेखि कपडाको उत्पादन र वितरण ठप्प पारेका छन्। सरकारले चालू आर्थिक वर्ष (आव) २०७ ...

नेपाली लेग स्पेनर सन्दिप टी–१० खेल्दै
नेपाली लेग स्पेनर सन्दिप टी–१० खेल्दै

विश्व क्रिकेटमा आफ्नो छुट्टै आयाम बनाईरहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टि&nd ...

गायक गिरीको तिम्रो घरको आँगनीमा सार्वजनिक (भिडियो)
गायक गिरीको तिम्रो घरको आँगनीमा सार्वजनिक (भिडियो)

काठमाडौँ । आधुनिक तथा लोकगीतबाट चर्चा कमाउँदै आएका गायक रमेश गिरीले तिम्रो घरको आँगनीमा बोलको गीत सार्वजनिक गरेका छन् । बजारम ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप&rsqu ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...