साम्तेनको प्रथम अन्तर विद्यालय समाचार वाचन प्रतियोगिता सम्पन्न, पेमालाई उपाधि (भिडियो)

२०७४ मंसिर २ गते २१:३० मा प्रकाशित


samten memorial news reading compidition (4)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिक वडा नम्वर ११ मा रहेको साम्तेन मेमोरियल एजुकेशन एकेडेमीले शुक्रबार प्रथम अन्तर विद्यालय समाचार
वाचन प्रतियोगीता सम्पन्न गरेको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) का नव–निर्वाचित अध्यक्ष रितु राज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रतियोगितामा सहभागी विभिन्न स्कुलका प्रतिनिधि तथा प्रिन्सिपल, शिक्षासंग सरोकार राख्ने व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

samten memorial news reading compidition (1)
साम्तेन कै प्रांगणमा गरिएको उक्त प्रतियोगितामा २२ जना विद्यार्थीहरुले समाचार वाचन गरेका थिए । सो मध्यबाट नेपाली समाचार वाचन प्रतियोगीतामा साम्तेन कै छात्रा पेमा शेर्पा प्रथम भएकी छिन्, दोश्रो पिक प्वाइन्ट एकेडेमीकी छात्रा डिना थापा भइन् र गोल्डेन गार्डेन स्कुलकी छात्रा पुर्णिमा चौधरी तेश्रो भएकी छिन् ।

samten memorial news reading compidition (2)
यसैगरी अंग्रेजी समाचार वाचन प्रतियोगीतामा पिक प्वाइन्टका जोन राई प्रथम भएका छन्, दोश्रो साम्तेनका कार्शाङ शेर्पा र दिक्षान्त एकेडेमीकी मनिता माझी तेश्रो भएकी थिइन् । विजेता विद्यार्थीहरुलाई ट्रफी, प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगीताको निर्णायक भुमिकामा सागर प्रधान र लक्ष्मी परियार रहेका थिए ।

samten memorial news reading compidition (3)
यसै कार्यक्रम बारे केटिएम खबरका लागि श्याम कार्कीले आयोजक विद्यालय साम्तेन मेमोरियल स्कुलका अध्यक्ष निम्तो शेर्पा र प्रिन्सिपल शक्ति राज नेपालसंग विशेष स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...