साम्तेनमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न (भिडियो)

२०७४ फागुन १३ गते १६:३९ मा प्रकाशित


Samten memorial free neuro health camp (2)

काठमाडौँ । कपनम रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीमा न्युरो अस्पताल बासबारी र अजिज फाउण्डेसनको सहकार्यमा शनिबार बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न सम्पन्न भएको छ ।

Samten memorial free neuro health camp (1)
बिहान ८ बजे विशेष उद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो । बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला खेलकुद समितिका अध्यक्ष ध्रुबराज न्यौपाने, स्थानिय राजनीतिकर्मी, समाजसेवी, स्थानिय महिला समुहका अध्यक्ष एवं प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

Samten memorial free neuro health camp (5)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खरेलले बुढानिलकण्ठ नगरपालिकामा सम्पन्नताको हिसाबले १ मात्र अस्पताल न्युरो अस्पताल रहेको र सो अस्पतालले बुढानिलकण्ठ नगरपालिका बासीहरुका लागि विशेष सहुलिएत प्रदान गर्न आग्रह गरेका थिए भने निःशुल्क स्वास्थ्य शिवर बारे सकारात्मक टिप्पनी समेत गरेका थिए ।

Samten memorial free neuro health camp (4)
बेलुका ४ बजेसम्म भएको उक्त शिविरमा टाउको दुखेको, हात–खुट्टा झमझम गर्ने, छारे रोग, ढाड दुखेको, अर्ध कपाली, नसा च्यापिएको, मस्तिष्कघात, पिनास एवं विरामीहरुले न्युरो अस्पताल बासबारीका बिशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क परामर्श लिएका थिए भने सम्बन्धित रोगको बिरामीहरुका लागि निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

Samten memorial free neuro health camp (3)
निःशुल्क स्वास्थ्य शिविरमा सात सय भन्दा बढिले निःशुल्क स्वास्थ्य परिक्षण गरेका छन् ।
सोही निःशुल्क स्वास्थ्य शिविरमा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका प्रिन्सिपल शक्ति राज नेपाल, अजिज फाउण्डेसनकी अध्यक्ष सेर्की शेर्पा र न्युरो अस्पताल बासबारीका न्युरो सर्जन डा. शिखर श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...