समाचारप्रति कुनै गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह

२०७४ पुस १२ गते १९:४१ मा प्रकाशित


काठमाडौँ – प्रेस काउन्सिल नेपालले आम सञ्चारमाध्यमबाट प्रकाशित समाचरका विषयमा गुनासो भए काउन्सिलसँग समन्वय गर्न आग्रह गरेको छ ।

काउन्सिलका सहप्रशासकीय अधिकृत दिपक खनालले आज विज्ञप्ति जारी गर्दै कुनै आपत्ति, असन्तुष्टि वा प्रतिक्रिया भए काउन्सिलमा खण्डन पठाउन सकिने बताए । महानगरीय प्रहरी परिसर काठमाडौँले केही अनलाइन सञ्चारमाध्यमलाई ‘कागजात उपलब्ध गराइदिनू’ भनी पत्र काटेकाप्रति ध्यानाकर्षण भएको जनाउँदै काउन्सिलले सञ्चारमाध्यममा प्रकाशित समाचारसँग सम्बन्धित कुनै विषयको जानकारी भए काउन्सिलसँग समन्वय गर्न पनि आग्रह गरेको छ ।

केही दिनअघि समाचारको विषयलाई लिएर प्रहरी परिसरले काठमाडौँमा सञ्चालित अनलाइनलाई स्रोत खुलाउन माग गदै पत्र काटेको थियो । विज्ञप्तिमा समाचार स्रोतको संरक्षण गर्ने अधिकार पत्रकार र सञ्चारमाध्यमको दायित्व हुने उल्लेख गरिएको छ ।

Press council

You may also Like this

थप समाचार

गुन्डा नाइके दावा लामाका सहयोगी समातिए
गुन्डा नाइके दावा लामाका सहयोगी समातिए

काठमाडौं । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा बिहीबार पक्राउ परेका छन् । उनलाई ...

नेयमारले आगामी खेल गुमाउन सक्ने
नेयमारले आगामी खेल गुमाउन सक्ने

काठमाडौं । ब्राजिलियन स्टार नेयमारले रुस विश्वकपको बाँकी खेल गुमाउनसक्ने भएका छन् । विश्वकपको पहिलो खेलको क्रममा भएका फाउलहर ...

शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक
शाहरुखको ‘जीरो’ फिल्मको टिजर सार्वजनिक

एजेन्सी । बलिउडका किङ खान शाहरुखको फिल्म ‘जीरो’को टिजर सार्वजनिक भएको छ । अभिनेता शाहरुखले आफ्नो फ्यानहरुलाई मुस ...

बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चले गर्यो एन्फाका नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले यहि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पालाई स ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...