एसईई परीक्षाको बीचमै शैक्षिक हड्ताल, पुनर्विचार गर्न प्याब्सनको आग्रह

२०७४ चैत्र १६ गते १३:१२ मा प्रकाशित


girirajmani

काठमाडौं । एसईई परीक्षाको बीचमै गरिएको शैक्षिक हड्तालले शिक्षा क्षेत्रलाई हेर्ने विद्यार्थी संगठनहरुको दृष्टिकोणमा प्रश्न उब्जाएको प्याब्सनले जनाएको छ ।

यही चैत २३ गते निर्धारित अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै विद्यार्थी संगठनहरुले चैत १७ गतेदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा गरेका छन् । यही चैत ८ गतेबाट शुरू भएको एसईई परीक्षा चैत २० गते मात्र सकिन्छ ।

‘शैक्षिक हड्ताल गर्नु आफैमा दुःखद हो,’ प्याब्सनका महासचिव राजेन्द्र बानियाँले  भने, ‘परीक्षाकै बीचमा हड्ताल गरिँदा विद्यार्थीहरुको मानसिकतामा कस्तो असर परेको होला ?’

महासचिव बानियाँले निर्णय पुनर्विचार गर्न विद्यार्थी संगठनहरुलाई आग्रह गरे ।

विद्यालय शान्ति क्षेत्र घोषित भए पनि बिभिन्न बहानामा बन्द हड्ताल हुँदै आएको छ । सरकारले आन्दोलनरत शिक्षक र विद्यार्थीहरुसँग वार्ता गर्न समिति बनाए पनि उनीहरु पहिले परीक्षा स्थगित हुनुपर्ने अडानमा छन् । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरु र विद्यार्थी संगठनहरु आन्दोलनमा छन् । आन्दोलनको कार्यक्रम अन्तर्गत प्रमुख तीन विद्यार्थी संगठनहरुले शुक्रबार बिहान देशभरका कलेज अगाडि चक्काजाम गरेका छन् ।

शिक्षा ऐन नवौं संशोधनमा आन्तरिक प्रतिस्पर्धामा ७५ प्रतिशत र खुला प्रतिस्पर्धामा २५ प्रतिशत कोटा छुट्याइएको छ । यसबाट हजारौं नयाँ जनशक्ति मारमा पर्ने भन्दै प्रमुख विद्यार्थी संगठनहरुले विरोध गर्दै आएका छन् ।

साभार ः अनलाईन खवर डटकम बाट । 

You may also Like this

थप समाचार

स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी
स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी

 मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोल ...

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...