सगरमाथाको उचाइ नाप्न २२ करोड लाग्ने

२०७४ पुस ५ गते २२:२९ मा प्रकाशित


sagarmatha

काठमाडौं । सगरमाथाको उचाइ मापन गर्न कम्तिमा २२ करोड रुपैयाँ खर्च लाग्ने नापी विभागले जनाएको छ ।

विभागका महानिर्देशक गणेशप्रसाद भट्टले बुधबार पत्रकारहरुसंग कुराकानी गर्दै सगरमाथाको उचाईँ नाप्न कम्तिमा २२ करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्म खर्च हुने अनुमान रहेको बताएका हुन् ।


‘उचाइ मापन गर्नलाई चाहिने आवश्यक सामग्री खरिद गर्दा निकै महँगो पर्छ’, भट्टले भने, ‘ती सामाग्रीहरु भाडामा पाइए खर्च कटौती हुनेछ । हामी त्यसका लागि पहल गर्दैछौं ।’

यद्यपि, अर्थ मन्त्रालयले भने नापी विभागलाई चालू आर्थिक वर्षको बजेटमा २ करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ ।
महानिर्देशक भट्ट भन्छन्, ‘काम गर्दै जाँदा रकम नपुग्ने भए मन्त्रालयबाट थप रकम विनियोजित हुने वचन आएकाले काम अघि बढाएका छौं ।’

सगरमाथा विश्वकै सर्वोच्च शिखर भएको तथ्य सार्वजनिक भएको १ सय २७ वर्ष पुगिसकेको छ । र, अहिले पहिलोपटक नेपालले उचाई मापन गर्न लागेको हो ।

जसका कारण अन्तर्राष्ट्रिय समुदायले नेपालद्वारा गर्न लागिएको उचाई मापनलाई विशेष चासोका साथ हेरेको छ ।

एक साताअघि काठमाडौंमा आयोजना भएको सगरमाथाको उचाई मापनको विषयमा केन्द्रित गोष्ठीमा सहभागी जापान, न्यूजिल्याण्ड, चीन, भारत, स्वीट्जरल्याण्ड, इटाली एवं अमेरिकाका प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता र विज्ञहरुले आफूहरुले विशेष चासोका साथ नेपालको गतिविधिलाई हेरिरहेको बताएका थिए ।

नापी विभागले भने नेपालको मापनमा कुनै पनि किसिमको प्रश्न चिन्ह खडा नहोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय विज्ञ समेतको परामर्श र संलग्नतामा सगरमाथाको उचाइ नाप्ने तयारी गरेको छ ।

सगरमाथाको उचाइ मापनमा प्रत्यक्ष रुपमा ८० जना प्राविधिक खटिने छन् ।

यसअघि सन् १८४७ मा सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरेर ८ हजार ७ सय ७८ मिटर भएको सार्वजनिक गरेको थियो । सोही तथ्याङ्कको आधारमा अहिलेसम्म सगरमाथालाई विश्वकै सर्वोच्च शिखर मानिँदै आएको छ ।

त्यसयता पनि विभिन्न देशका प्राविधिकहरुबाट सगरमाथाको उचाइ मापन गरिएको भए पनि त्यसलाई आधिकारिक मान्ने गरिएको छैन ।

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...