नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

२०७५ असोज ४ गते १३:४६ मा प्रकाशित


Road Repairing-Sibapuri sikre (3)

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का सिक्रे बासिहरुले । ‘आफ्नो गाउँ आफै बनाउँ, आफ्नो बाटो आफै खनौ’ भन्दै नुवाकोट जिल्लाको पुर्वी भेगमा रहेको शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेका वडा सदस्य सन्तोष थापा सहित वडाबासीहरु आफ्नो घरबाट साबेल, कोदालो लिएर ढुङ्गेडाँडा, नयाँपुल सडक मर्मतमा असोज ३ गतेबाट जुटि रहेका छन् ।

Road Repairing-Sibapuri sikre (1)
तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका वडा सदस्य सन्तोष थापा तथा वडाबासीहरुले देखाएको यो उदाहरणिय कार्यको यत्तिबेला चौतर्फी चर्चाको विषय बन्दै गएको छ ।

Road Repairing-Sibapuri sikre (2)
वडा सदस्य थापा भन्छन्, सडक मर्मत गर्नका लागि बजेट भएपनि हाललाई गाउँका मानिस बिरामी हुँदा सहजै यातायातको साधन ल्याउन नसकिने र किसानले खेतबारीमा लगाएको अदुवा, तरकारी तथा अन्य उत्पादनहरुलाई बजार लैजान समेत गाह्रो भएको हुँदा यसमा सहज बनाउँन सडक निर्माणमा जुटेका हौँ । बाटो मर्मत गर्न लगभग ३ दिन लाग्ने र मर्मत भएको बाटोबाट शिवपुरी सिक्रेको तल्लो भेगका स्थानीय बासिन्दाहरुलाई सहज हुने उनि बताउछन् ।

You may also Like this

थप समाचार

टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)

२४ मंसिर, काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले एमबिए, बिबिए, बिआईटी, बिसिएसमा नयाँ भर्ना भएका विद्यार्थीहरुको आरेन्ट ...

विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)
विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)

काठमाडौँ । विश्व किर्तिमानीका लागि स्टेम फाउन्डेशन नेपाल र वाताबरण विभागको संयुक्त आयोजनामा बुधबार राजधानीको टुडिखेलमा प्रयो ...

मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा
मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा

११ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको छ । महानग ...

दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित
दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित

१० मङ्सिर २०७५  वीरगञ्ज । धान खेतमा गएर मुसा मार्ने, खोलानालामा   माछा तथा घोंघी मार्ने र बाख्रा चरा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...