गाडीको डिकीमा भेटियो शव, अपहरणपछि हत्या गर्ने तिनजना पक्राउ

२०७४ फागुन १९ गते २३:२२ मा प्रकाशित


काठमाडौं । मोरङ उर्लाबारीका सनम शाक्यको अपहरणपछि हत्या भएको रहस्य खुलेको छ । हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुल्नमा आएको हो ।

gadi

प्रहरीले काभ्रेका टेकराज मल्ल, मोरङ उर्लाबारीका कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्लेलाई पक्राउ गरेको हो । शाक्यलाई सुन तस्करीको विषयमा लेनदेन नमिलेपछि सिरहाको अज्ञात स्थलमा लगेर कुटपिटपछि बन्धक बनाएर हत्या गरेको खुल्नमा आएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

डीएसपी प्रजित केसीको कमाण्डमा खटिएको टोलीले उनिहरुलाई विराटनगर महानरपालिका–३ स्थित पोखरियाबाट नियन्त्रणमा लिएको हो । शाक्य फागुन १५ गते शाक्य अपहरणमा परेका थिए । शनिबार प्रहरीले पोखरिया कन्या मार्गमा टेकराज मल्लले चलाएको बा १२ च ५९६३ नम्बरको स्कोरपियो गाडीको डिकी भित्र शाक्यको शव फेला पारेको थियो । गाडीको डिकीभित्र तौलिया, म्याट्रेस र त्रिपालले लुकाई राखेको अवस्थामा भेटिएको सनमको शरिर भरी निलडाम भएको डीएसपी केसीले जानकारी दिए ।

हत्याको आरोपमा पक्राउ परेकाहरु व्यक्ति र घटनामा प्रयोग भएको गाडीलाई समेत थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ बुझाइएको छ ।

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...