रोबोटद्वारा मानिसमाथि हमला, मानवजाति विरुद्ध युद्ध सुरु !

२०७३ मंसिर ६ गते १५:५० मा प्रकाशित


robert-attackचीनमा आयोजित एक प्रविधि मेलामा एउटा रोबोटले मानिसमाथि हमला गरेको छ । प्रदर्शनी अवलोकन गर्न आएका एक मानिसमाथि रोबोटले एक्कासी आक्रमण गरेपछि त्यसले ठूलै तरंग उत्पन्न गरेको छ ।

सोसल मिडिया, खासगरी चिनिया सोसल मिडियाहरुमा एउटा बहस तिव्र रुपमा छेडिएको छ की आखिर अब रोबोटले मानिसमाथि आक्रमण गर्ने युगको सुरुवात भएकै हो रु के अब हामी रोबोट युगमा प्रवेश गरिसक्यौँ ।

चीनको सेन्झेनमा आयोजित इन्टरनेसनल हाइ टेक फेयरमा राखिएको लिटिल चबी नामक उक्त रोबोटले अचानक सिसाको बूथ तोडफोड गरिदियो र त्यहाँ रहेका एक मानिसमाथि समेत आक्रमण गरी घाइते बनाइदियो । मार्केटिंग एजुकेसनल टूलको रुपमा प्रयोग गरिँदै आएको उक्त रोबोटको मूल्य १३ हजार युआन थियो । लिटिल चबीको हिंश्रकपना देखेर सबै भयभित भए ।

रोबोटको आक्रमणबाट घाइते मानिसलाई तत्कालै स्ट्रेचरमा राखेर अस्पताल लगियो । घटना लगत्तै चिनिया सोसल साइट विबोमा रोबोट आक्रमणको विषय भाइरल बन्यो । यो आक्रमण मानव विरुद्ध रोबोटले सुरु गरेको पहिलो युद्ध भएको टिप्पणी पनि कतिपयले गरेका छन् ।

तर प्रारम्भिक अनुसन्धान रिपोर्टले भने रोबोट जानाजान मानिस विरुद्ध आक्रमणमा उत्रिएको नभै मानवीय गल्तीकै कारण असन्तुलित हुँदा दुर्घटना भएको देखाएको छ । एक अधिकारीका अनुसार कसैले रोबोटको फरवार्ड तथा ब्याक बटन एकैचोटी दबाउँदा रोबोट ढलेको र त्यसरी ढल्दा उसलाई राखिएको सिसाको शोकेस फुटेको तथा नजिकै उभिएका मानिस पनि घाइते भएका हुन् । एजेन्सी

You may also Like this

थप समाचार

बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड
बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड

एजेन्सी । भारतमा चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक शिक्षकलाई मृत्युदण्ड दिइने भएको छ। मध्यप्रदेशको सतना जिल्लाको अद ...

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...