रोबोटले गर्यो पहिलो पटक मान्छेको शल्यक्रिया

२०७५ बैशाख २७ गते १६:२९ मा प्रकाशित


अमेरिकामा एकजना क्यान्सर रोगीको दुर्लभ शल्यक्रिया सम्पन्न भएको छ । उक्त शल्यक्रिया विश्वमै रोबोटद्वारा गरिएको पहिलो शल्यक्रिया हो ।

वास्तवमा उक्त रोबोटले शल्यक्रियाका क्रममा एकजना डाक्टरको सहयोगी शल्यचिकित्सकको रुपमा सक्रियतापूर्वक काम गरेको हो ।

एक जना मान्छे डाक्टर र एकजना रोबोट डाक्टरको टिमले बिरामीको गर्धनमा रहेको दुर्लभ प्रकारको ट्युमर सफलतापूर्वक निकालेका छन् ।

उक्त क्यान्सरलाई कार्डोमा भनिन्छ । जुन मानिसको खप्पर तथा मेरुदण्डको हड्डीको बीचमा हुन्छ ।

अमेरिकाका नोआ पर्निकफ नामका २७ वर्षीय युवक उक्त क्यान्सरबाट ग्रस्त थिए । उनलाई उपचारका लागि पेन्सिल्भेनिया विश्वविद्यालय अस्प्तालमा भर्ना गरियो । उक्त अस्पतालमा उनको दुर्लभ रोगको दुर्लभ तरिकाले नै सफल शल्यक्रिया भयो । उक्त शल्यक्रिया अपरेशन थिएटरमा रोबोटले गरेको पहिलो शल्यक्रिया हो ।

तीन चरणमा गरिएको शल्यक्रिया अन्तर्गत दोश्रो चरणमा रोबोटको प्रयोग गरिएको थियो । डाक्टर नील मलहोत्राले शल्यक्रियाको अगुवाई ग्रेका थिए । अहिले पर्निकफको स्वास्थ्य ठीक भएको र उनी काममा फर्किसकेको बताइएको छ ।एजेन्सी

You may also Like this

थप समाचार

जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ
जबर्जस्ती करणी अभियोगमा वृृद्ध पक्राउ

चितवन, २० पुस : पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ म ...

टेक्सस कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं बधाई कार्यक्रम (भिडियो)
टेक्सस कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत एवं बधाई कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सस कलेजले बिबिएस, बिबिए र बिएसडब्लुमा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं ओरिन्टेशन ...

‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ
‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ

काठमाडौँ, १८ पुस  : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार ...

विकास निर्माणले तीव्रता पाउँछः प्रम ओली
विकास निर्माणले तीव्रता पाउँछः प्रम ओली

काठमाडौँ, १८ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता लिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...