रोबिन्होलाई ९ वर्ष जेल सजाय

२०७४ मंसिर ८ गते १९:५८ मा प्रकाशित


इटालीको एक अदालतले ब्राजिलका फुटबल खेलाडी रोबिन्होलाई बलात्कारमा दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको छ।
म्यान्चेस्टर सिटीका पूर्वफरवार्डसमेत रहेका रोबिन्होलाई सन् २०१३ मा एक अल्बानियन युवतीको सामूहिक बलात्कारमा दोषी ठहर गरेको हो। अदालतले उनीसँगै सो घटनामा अन्य पाँच ब्राजिलियनलाई पनि दोषी ठहर गरेको छ।

robinho

२२ वर्षीया ती महिलालाई डिस्को क्लबबाट निस्केपछि उनीहरुले बलात्कार गरेको अदालतको ठहर छ। अदालतले पीडितलाई ७१ हजार डलर क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ।

३३ वर्षीय रोबिन्होले २०१० देखि २०१५ सम्म मिलानका लागि खेलेका थिए। अहिले ब्राजिलको क्लबमा आवद्द उनले आफू घटनामा संलग्न नभएको दाबी गर्दै आएका छन्। उनी मुद्दाको सुनुवाइमा पनि अदालतमा उपस्थित थिएनन्।

उनको इन्स्टाग्राम पेजमा राखिएको विज्ञप्तिमा उनले घटनामा आफू संलग्न नभएको भन्दै अदालतको आदेशविरुद्ध सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने उल्लेख गरेका छन्।

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...