रिभेराको ‘वार्षिक खेलकुद महोत्सव’ सम्पन्न (भिडियो)

२०७५ पुस २४ गते १९:०० मा प्रकाशित


Riviera Sports meet closing (10)

काठमाडौँ । चावहिल, मैजुबहालमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको ‘वार्षिक खेलकुद महोत्सव’ बिहिबार आफ्नै प्रांगणमा सम्पन्न गरेको छ ।

Riviera Sports meet closing (4)
मंगलबारबाट सुरु भएको उक्त खेलकुद महोत्सवमा विजयी विद्यार्थीहरु पुरस्कृत गर्दै बिहिबार सम्पन्न गरिएको हो ।

Riviera Sports meet closing (1)
राष्ट्रिय खेलकुद परिषदकी सदस्य इन्दिरा निरौलाको विशेष आतिथ्यतामा गरिएको उक्त खेलकुद महोत्सव समापन कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भट्टराई, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष प्रकाश श्रेष्ठ, प्रिन्सिपल प्रज्वल कोइराला, शिक्षक, शिक्षिका, विद्यार्थी लगायतत खेलकुदसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Riviera Sports meet closing (5)
कार्यक्रममा खेलकुद महोेत्सवबाट विजयी विद्यार्थीहरुलाई ट्फी, मेडलद्धारा पुरस्कृत गरिएको थियो ।

Riviera Sports meet closing (3)
यस्तै उक्त कार्यक्रममा रिभेरामा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, आफ्नो गायकी प्रस्तुत गरेका थिए । जसबाट कार्यक्रमको थप रौनक थपिएको थियो ।

Riviera Sports meet closing (8)
कार्यक्रममा बोल्दै कार्यक्रमकी विशेष अतिथि एवं राष्ट्रिय खेलकुद परिषदकी सदस्य निरौलाले विजयी विद्यार्थीहरुलाई बधाई दिँदै शारिरिक तथा मानसिक विकासका लागि पनि खेलकुद आवश्यक रहेको बताउनुु भएको थियो ।

Riviera Sports meet closing (9)
कार्यक्रमका सभापति एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष भट्टराईले खेलकुद महोत्सव पुर्ण रुपमा सफल बनाउँन सहयोग प्रदान गर्ने सम्पुर्णलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि रिभेराले यि र यस्ता खेलकुदका गतिविधिहरुलाई समेट्दै लैजाने बताउनु भएको थियो ।

Riviera Sports meet closing (2)
समापन कार्यक्रम दिउसो २ बजेदेखी बेलुका ५ बजेसम्म चलेको थियो ।

Riviera Sports meet closing (6)
३ दिनसम्म चलेको उक्त खेलकुद महोत्सवमा बास्केटबल, फुटबल, ब्याडमिन्टन, टेबल टेनिस, चेस लगायत २५ भन्दा बढि खेलहरु समावेश गरिएको थियो ।

Riviera Sports meet closing (7)
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले रिभेरा इन्टरनेशनल एकेडेमीका फाउण्डर, प्रिन्सिपल प्रज्वल कोइरालासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

नेसनल प्याब्सन काठमाडौँ र भिनको आयोजनामा ‘शिक्षक तालिम’ सम्पन्न
नेसनल प्याब्सन काठमाडौँ र भिनको आयोजनामा ‘शिक्षक तालिम’ सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ र स्वयंसेवी अभियान नेपाल (भिन) को संय ...

एन प्याब्सन काठमाडौँको ‘वार्षिक साधारण सभा, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ सम्पन्न (फोटोफिचर)
एन प्याब्सन काठमाडौँको ‘वार्षिक साधारण सभा, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम’ सम्पन्न (फोटोफिचर)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( एन प्याब्सन) काठमाडौँले एन प्याब्सनको २१औँ स्थापना दिवसको अवस ...

रिभेराको ‘वार्षिक खेलकुद महोत्सव’ सम्पन्न (भिडियो)
रिभेराको ‘वार्षिक खेलकुद महोत्सव’ सम्पन्न (भिडियो)

काठमाडौँ । चावहिल, मैजुबहालमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको ‘वार्षिक खेलकुद महोत्सव&rs ...

नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ (भिडियो)
नेसनल प्याब्सन गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गुरुङ (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) गोकर्णेश्वर नगरपालिकाको अध्यक्षमा बाल कुमार गु ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...