नेपाली कलाकार ‘एक्सिलेण्ट अवार्ड’ बाट सम्मानित

२०७४ साउन ६ गते ११:३६ मा प्रकाशित


६ साउन, काठमाडौं । दुई नेपाली कलाकारले भारतको मुम्बईमा पुरस्कार प्राप्त गरेका छन् । कलाकारद्वय महेश आचार्य र समुद्रमानसिंह श्रेष्ठले ‘स्पन्दन इण्टरनेशनल’ बाट ‘एक्सिलेण्ट अवार्ड’ प्राप्त गरेका हुन् ।

स्पन्दनले भारतका विभिन्न स्थानमा ४५ महीनामा बीचमा दुई हजार ५ सय कलाकार सहभागी गराई प्रदर्शनीको आयोजना गरेको थियो । ती प्रदर्शनीमा सहभागी कलाकारमध्येबाट विश्वका विभिन्न मुलुकका १० कलाकारलाई सम्मान दिइएको कलाकार आचार्यले बताए ।

यही साउन २ गते मुम्बईस्थित ‘मुम्बई आर्ट सोसाइटी’मा भारतका कलाकार पृथ्वी सोनीले कलाकारलाई सम्मान प्रदान गरेका थिए । नेपाली कलाकारले पाएको सम्मानले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत गरेको कलाकार आचार्यले बताए । कलाकार श्रेष्ठले नेपाली कलाकारले पनि अन्तर्राष्ट्रियस्तरका कला सिर्जना गर्नसक्छन् भन्ने कुरा पछिल्ला कला प्रदर्शनीमा पुष्टि भइरहेको पनि उनले बताए ।

दुई वर्षअघि १२ नेपाली कलाकारको प्रदर्शनी भारत, हिमाञ्चल प्रदेशको सिम्लामा भएको नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीले जानकारी दिए । सो प्रदर्शनीमा कलाकार श्रेष्ठ र आचार्य सहभागी भएका थिए । रासस

You may also Like this

थप समाचार

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी ...

५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता
५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता

काठमाडौँ ५० देशको सुन्दरी प्रतियोगिता दोस्रो ‘मिस वर्ल्ड डाइभर्सिटी २०१८’ मा नेपालबाट युनिता खत्रीले सहभागीता जना ...

विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !
विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !

अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...