रेखा र राजेशको बिबाह हल्ला कि वास्तबिकता ? यस्तो छ रेखा र राजेशको बयान

२०७२ चैत्र २० गते ०८:५० मा प्रकाशित


नवराज भण्डारी,

काठमाण्डौ, २० चैत्र - हरेक दिन धेरैले धेरैलाई मुर्ख बनाइरहेका हुन्छन्, बिभिन्न तरिकाबाट । संसारमा मुर्खहरुको संख्या धेरै भएकाले नै होला बर्षमा एक दिन मुर्ख दिवस नै मनाइन्छ अप्रिल १ का दिनमा । अनि त के चाहियो मुर्खहरुलाई त महा मेला नै भयो सज्जनहरुलाई पनि मुर्ख बन्ने र बनाउने छुट हुने भयो । सधैको मुर्खले बनाएको जालोले त के कति काम गर्छ थाहा भएन तर अरु दिन सज्जन भनेर चिनिनेहरुले मुर्ख बनाउन थापेको जालोमा भने धेरै जना नमज्जाले पर्ने गर्छन ।
धेरै नै रमाइलो चाहिने हामी नेपालीहरुलाई त अप्रिल फुल गज्जवको काइदा नै हुने भयो । यस पटकको अप्रिल फुलमा एउटा न्युज भाइरल बन्यो जुन नायिका रेखा थापा र गायक राजेश पायल राईको बिबाहको बिषयमा थियो ।
महानायक राजेश हमालको समेत बिबाह भइ सकेपछि धेरैका नजर राजेश पायलले कहिले बिबाह गर्छन् भन्ने कुरामा केन्द्रित थियो भने नायिका थापा पनि एक्लि थिइन् । अर्को गजबको बिषय के थियो भने जुन दिन रेखा र राजेशको बिबाह हुने भनेर समाचार आयो त्यो दिन रेखाको फिल्म रामप्यारीको रिलिज हुने दिन थियो । कतै रेखाले फिल्म रिलिज कै दिन राजेशसंग लगन गाठो कसेर सरप्राइज त दिन लागिनन् ? यसबारे सबैलाई शंका गर्न छुट थियो ।
साच्चै हो र ? हैन होला । हो कि के थाहा ? यस्तै यस्तै प्रश्न मनमा राखेर समाचार पढ्दै जादा जब अन्तिममा अप्रिल फुल भन्ने थाहा हुन्छ, त्यति खेर मात्रै पाठकले आफु कसरी अप्रिल फुल बने भनेर पत्तो पाउछ ।
किन रेखा र राजेश कै बिबाह बारे समाचार बन्यो त अप्रिल फुलका लागि ? यो केवल अप्रिल फुल मात्रै थियो या यस भित्र अरु केहि रहस्य पनि लुकेको छ ?

यसबारे ktmkhabar.com ले टेलिफोन गर्दा राजेशले लामो हाँसोका साथ यसलाई अप्रिल फुलका रुपमा मात्रै लिइदिन अनुरोध गरे । संगै उनले आफु रेखाको सुन्दरता र अभिनयको फ्यान भएको बताए । के त्यो वास्तबिकतामा सम्भब नै छैन त भनेर हामिले सोध्दा उनले भने बर्तमानमा त्यो सम्भव छैन तर भबिष्य कसले देखेको छ र ? उनको भनाई थियो हरेक कुरामा सम्भाबना सधै जिवित रहन्छ ।

यस्तै सोहि बिषयमा रेखासंग टेलिफोन कुरा गर्दा उनको पनि समान तर्क थियो यो अप्रिल फुलका लागि मात्रै हो । त्यस पछि हामिले रेखालाई सोध्यौ राजेशले त भविष्यमा जे पनि हुन सक्छ साच्चै बिबाहको पनि सम्भावना छ भन्छन् नि त ? हाम्रो यो पश्नले भने निक्कै घत परे जसरी हास्दै उनले भनिन् यो कुरा सुनेर त मलाई लाज पो लाग्यो, राजेश जी मलाई एकदमै मनपर्ने गायक हुनुहन्छ उहाँको मुखमा सरस्वतीको बास छ, म उहाको आवाजको फ्यान हुँ ।
आफुलाई शक्ति कि देवी दुर्गासंग तुलना गर्ने हिम्मतवाली नायिका राजेशका सामु गरुडको अगाडि सर्प परे जसरी किन नर्भस हुन्छिन् वा राजेशको कुरा गर्दा किन उनी लजाउँछिन् यो भने गज्जब कै बिषय छ । खैर, जे भए पनि बर्तमानमा धेरै अनुमानहरु त गर्न सकिन्छ वास्तबिकता भने भबिष्यले नै देखाउने छ । यहि चैत्र २६ गतेबाट चलचित्र रामप्यारी प्रदर्शनको तयारीमा ब्यस्त रेखा सबै कि प्यारी छिन् र त चर्चा कि केन्द्रमा छाइरहन्छिन् ।

You may also Like this

थप समाचार

नेपाली लेग स्पेनर सन्दिप टी–१० खेल्दै
नेपाली लेग स्पेनर सन्दिप टी–१० खेल्दै

विश्व क्रिकेटमा आफ्नो छुट्टै आयाम बनाईरहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टि&nd ...

गायक गिरीको तिम्रो घरको आँगनीमा सार्वजनिक (भिडियो)
गायक गिरीको तिम्रो घरको आँगनीमा सार्वजनिक (भिडियो)

काठमाडौँ । आधुनिक तथा लोकगीतबाट चर्चा कमाउँदै आएका गायक रमेश गिरीले तिम्रो घरको आँगनीमा बोलको गीत सार्वजनिक गरेका छन् । बजारम ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप&rsqu ...

काठ क्षेत्रलाई ब्युझाउँदै आए सुर्यमणि आचार्य (भिडियो)
काठ क्षेत्रलाई ब्युझाउँदै आए सुर्यमणि आचार्य (भिडियो)

काठमाडौँ । लोक गायक द्धय सुर्यमणि आचार्य र राज कुमार हुमागाईले नेपाली लोक दोहोरी गीत ‘ए है काली’ बजारमा ल्याएका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...