राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै

२०७४ असोज २८ गते १०:४१ मा प्रकाशित


ratrapati-nirwachan pramukha

२८ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद विस्तार गरेपछि नयाँ मन्त्री र राज्यमन्त्रीहरुको सपथग्रहण अन्योलमा परेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारको कदमप्रति रुष्ट बनेका निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले शनिबार बिहान यसबारे छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग समय मागेका छन् ।


यादवले विहान ११ बजे राष्ट्रपतिलाई भेट्ने समय तय भएको छ । शीतलनिवासको नभई प्रमुख आयुक्तकै पहलमा राष्ट्रपतिसँग भेट तय भएको हो ।

प्रधानमन्त्री देउवाले शुक्रबार साँझ कमल थापासहित राप्रपाका ८ जना नेताहरुलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरिएको पत्र राष्ट्रपति कार्यालयमा पठाएका थिए । तर, राष्ट्रपतिले सपथ ग्रहणको समय उपलब्ध गराएकी छैनन् ।

शनिबार सपथग्रहण गर्ने भनिए पनि यसमा निर्वाचन आयोगले आपत्ति जनाएको छ ।

संवैधानिक निकायका रुपमा रहेको आयोगले सरकारको कदम आचारसंहिता विपरीत ठहर भएमा यसलाई रोक्न सक्ने अधिकार राख्छ ।

यसअघि पनि निर्वाचन आयोगले आपत्ति जनाउँदा जनाउँदै प्रधानमन्त्री देउवाले जवरजस्ती सरकार विस्तार गर्दै आएका छन् ।

You may also Like this

थप समाचार

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप&rsqu ...

काठ क्षेत्रलाई ब्युझाउँदै आए सुर्यमणि आचार्य (भिडियो)
काठ क्षेत्रलाई ब्युझाउँदै आए सुर्यमणि आचार्य (भिडियो)

काठमाडौँ । लोक गायक द्धय सुर्यमणि आचार्य र राज कुमार हुमागाईले नेपाली लोक दोहोरी गीत ‘ए है काली’ बजारमा ल्याएका ...

भारतीय अभिनेता गोविन्दा काठमाडौँमा
भारतीय अभिनेता गोविन्दा काठमाडौँमा

काठमाडौँ – नेपालमा रहेका भारतीय अभिनेता गोविन्दाले पशुपतिनाथ मन्दिरमा भव्य पूजा गरेका छन् । एलजी सिने सर्कल अवार्डका ल ...

क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल
क्रिस्टियानो जुनियरः अन्डर नाइन डेब्यु खेलमा चार गोल

एजेन्सी । क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले युभेन्टसको अन्डर नाइन टोलीका लागि डेब्यु खेलमा नै चार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...