अर्थतन्त्र तस्कर र भ्रष्टाचारीको हातमा छः गृहमन्त्री बादल

२०७४ फागुन २७ गते १५:२२ मा प्रकाशित


Rambahadur-Thapa-Badal

काठमाडौं  २७ फागुन। गृहमन्त्री रामबहादुर थापा बादलले नेपाली अर्थतन्त्र अहिले पनि तस्कर र भ्रष्टाचारीको हातमा भएको बताएका छन् ।

मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले मुलुकको समृद्धि नै तस्कर र भ्रष्टाचारीहरुले हातमा लिएको बताएका हुन् । ‘अर्थतन्त्र तस्कर र भ्रष्टाचारीको हातमा छ,’ गृहमन्त्री बादलले भने, ‘भ्रष्टको सामाज्य छ, अब यसको अन्त्य गर्नु छ ।’

उद्योगी व्यवसायीहरुले ठूलो मात्रामा राजश्व छल्ने गरेको भन्दै मन्त्री बादलले त्यस्ता सूचना उपलब्ध गराउन पत्रकारलाई आग्रह गरेका थिए ।

अर्काे फरक प्रशंगमा गृहमन्त्री बादलले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताए । उनले मुलुकमा विधिको शासन कायम गर्ने भन्दै कुनै पनि गलत कि्रयाकलाप र गतिविधिको अन्त्य गर्ने बताए ।

सुरक्षा संयन्त्र समेत अस्त व्यस्त भएको गृहमन्त्री बादलको भनाइ छ । साभारः अनलाईन खवरडटकम 

You may also Like this

थप समाचार

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...