न्यौपानेको नेतृत्वमा गठन भयो राहत शिक्षक उत्तर पूर्वी भेगिय समिति

२०७४ असोज १ गते २२:५४ मा प्रकाशित


rahat

काठमाडौँ । राहत शिक्षक समिति काठमाण्डौले शनिबार उत्तर पूर्वी भेगीय समिति गठन गरेको छ । केन्द्रीय राहत शिक्षक समिति संयोजक खेमराज अधिकारीे प्रमुख आतिथ्यतामा चाबहिल स्थित पशुपति मित्र मावीमा एक कार्यक्रमको आयोजना गरि गठन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले राहत शिक्षक संघर्षलाई मजबुत बनाउने र संघर्ष समितिलाई थप उचाइमा पुर्याउने बताएका थिए ।
कार्यक्रमको दोश्रो सत्रमा राहत शिक्षक उत्तर पूर्वी भेगिय समितिको पदाधिकारी चयन गरिएको थियो । जसमा १५ सदस्य नयाँ कार्य समिति गठन गरिएको छ । सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारी तथा सदस्य यस प्रकार रहेका छन्ः
अध्यक्ष – शंकर राज न्यौपाने
उपाध्यक्ष – निर्मला ढकाल
सचिव – मधु सुदन खड्का
सह सचिव – रमा घिमिरे
कोषाध्यक्ष – डम्बर दत्त पनेरु
सदस्यहरु
मनोज कुमार खतिवडा
प्रज्वल थापा
चम्पा भुजेल
अमृता महर्जन
नानी मैया हुमागाईं
कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय राहत शिक्षक संयोजक खेमराज अधिकारीले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए भने सहभागीहरुले निर्वाचित राहत शिक्षक उत्तर पूर्वी भेगिय समिति कार्य समितिलाई बधाई दिएका थिए ।

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...