एउटा राँगोबाट मासिक झन्डै १ लाख कमाइ

२०७४ भदौ २९ गते १५:३७ मा प्रकाशित


ragoकन्चनपुर, भदौ २९ । राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्दै हुनुहुन्छ भने तपाइँ गलत अनुमान गरिरहनुभएको छ ।


शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका नारायण रानाले पालेको राँगोले मासिकरुपमा रु ९० हजार बढी कमाइ गर्दै आएको छ ।

भैंसीमा गर्भाधान गराएर मासिकरुपमा राँगोबाट रानाले आम्दानी गर्दै आएका हुन् । दैनिक तीनओटाभन्दा बढी भैंसीमा राँगोले गर्भाधान गर्दै आएको छ ।

नगरपालिका क्षेत्रका अधिकांश भैंसीपालकले उन्नत नश्लको राँगो भएकाले रानाकहाँ ल्याउने गरेका छन् । एउटा भैंसीलाई गर्भाधान गराएबापत रानाले रु एक हजार लिन्छन् ।

उनले चार वर्षअघि रु ३५ हजारमा खरिद गरेको राँगोले मनग्य आम्दानी दिन थालेको छ ।

पाँचजना परिवारको लत्ताकपडा, खाद्यान्न र दैनिक खर्च राँगोको कमाइले धानिँदै आएको रानाले बताए । राँगोको कमाइबाट आउने रकमले रु दुई लाख खर्चेर घरमै किराना पसल खोलेका छन् ।

किराना पसल र राँगोको कमाइ गरी मासिकरुपमा रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको राना बताउँछन् ।

राँगो पाल्नका लागि उनले एक बिगाहा खेत वार्षिकरुपमा रु २५ हजार तिर्ने गरी भाडामा लिइ घाँसखेती गर्दै आएका छन् । राँगोलाई तन्दुरुस्त पार्नका लागि दैनिक ब्रान, गुड, खली र भिटामिन घाँससँगै मिसाएर खुवाउने गरेका छन् ।

‘घरमै बसिबसी वैदेशिक रोजगारीमा गएकाहरुभन्दा बढी कमाइ हुन थालेको छ’–रानाले भने ।

राँगो नै आम्दानीको स्रोत भएपछि घरका सबैजना दैनिक राँगाको स्याहार–सुसारमा खट्ने गरेका छन् । रासस

You may also Like this

थप समाचार

स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी
स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी

 मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोल ...

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...