शक्तिशाली राष्ट्रपति: जो गुफामा बस्थे, मल बोक्थे

२०७४ माघ २३ गते २०:३६ मा प्रकाशित


xi jingping

काठमाडौं । विश्वकै शक्तिशाली नेताहरुमध्ये पर्छन् चिनियाँ राष्ट्रपति सी जिनपिङ । तर, कमैलाई थाहा छ, उनी शक्तिमा आउनुअघि एउटा गुफामा धेरै वर्ष बिताएका थिए र सामान्य कृषकका रुपमा श्रम गरेका थिए ।

पाँच दशक अगाडि बेइजिङलाई सांस्कृतिक क्रान्तिले लपेटिरहेको बेला १५ वर्षीय सीले चीनको पर्वतीय इलाकामा कठिन ग्रामिण जीवन बिताएका हुन् । उनले खेती किसानी गरेको क्षेत्र जनयुद्धका क्रममा कम्युनिष्टहरुको किल्ला थियो । यसलाई ‘चिनियाँ क्रान्तिको पवित्र भूमि’ का रुपमा लिइन्छ ।

सन् १९६८ मा माओले लाखौं युवालाई किसानहरुको कठोर जीवनबाट सिक्नका लागि शहरबाट गाउँ जानुपर्ने घोषणा गरेका थिए । त्यसैले सी गाउँ गएका हुन् । उनले वास्तवमै केही सिके र आजको सी जिनपिङ बनाउनका लागि त्यो कालखण्डमा गुफामा बिताएको क्षणको महत्वपूर्ण भूमिका छ ।

उनी भन्ने गर्छन्, ‘मैले आफ्नो मुटु लियाङजिआहेमा छोडेँ । लियाङजियाहेले मलाई बनायो ।’

‘१५ वर्षको उमेरमा त्यहाँ पुग्दा म अधैर्य र अन्योलग्रस्त थिएँ । २२ वर्षको उमेरमा त्यो ठाउँ छोड्दा मेरो जीवनका लक्ष्यहरु स्पष्ट थिए र म आत्मविश्वासले भरिएको थिएँ ।’
घर र परिवारबाट चाँडै निर्वासन, राजनीतिक वहिष्कारले ओडारमा बासले गर्दा सीको मिथक बनेको हो ।

ओडारमा आउनुअगावै सीले दुई वटा जीवन बाँचिसकेका थिए । उनी सानै हुँदा उनका बुवा कम्युनिष्ट क्रान्तिका नायक थिए । त्यसैले सी सुखसयलमा हुर्किए र ‘राता राजकुमार’ का रुपमा धेरैको लाडप्यार पाए ।

उनका दौतरीहरुका अनुसार पहिलो १० वर्षसम्म सीको जीवन सर्वाधिक रचनात्मक थियो । तर, त्यो सबै भूमरीमा बिलायो, जब बढ्दो रुपमा शंकालु तथा बदलाको भावमा रहेका अध्यक्ष माओले पार्टीका पुराना व्यक्तिहरुमाथि धावा बोले । सीका पितालाई सुरुमा पार्टीबाट निकालियो र त्यसपछि जेल हालियो । अनि उनका परिवारलाई प्रताडित गरियो । सीकी एक बहिनीको मृत्यु भयो, सम्भवत त्यो आत्महत्या थियो ।

१३ वर्षको हुँदा उनको औपचारिक अध्ययनमा पूर्णविराम लाग्यो, किनकी विद्यार्थीहरुले आफ्ना शिक्षकको आलोचना गर्ने, कुट्ने वा मार्नेसम्मका खतराले बेइजिङभरीका स्कुल बन्द गरिएका थिए ।

त्यतिबेला ‘रेड गार्ड’ बाट उनलाई जोगाउन न बाबुआमा थिए, न साथीभाइ ।

अनि सुरु भयो उनको दोस्रो बेइजिङ जीवन । धेरैपछि एक रिपोर्टरसँगको कुराकानीमा सस्ले रेड गार्डसँगको एउटा प्रसंग सम्भिmएका छन् ।

‘म १४ वर्षको मात्र थिएँ । रेड गार्डले सोधे, तिमीलाई आफ्नो अपराध कति गम्भीर हो जस्तो लाग्छ ?’

‘मैले जवाफ दिएँ- तपाईं आफैं अड्कल गर्नुस् कि यो मलाई मृत्यूदण्ड दिन पर्याप्त छ कि छैन ?’

‘हामी तिमीलाई सयौं पल्ट झुण्ड्याउन सक्छौं- उनीहरुले भने ।’

‘मेरो दिमागमा एक पटक झुण्डिनु र सयपटक झुण्डिनुमा कुनै अन्तर थिएन ।’

सीको पुस्ताका धेरै व्यक्तिहरु मान्छन् कि जब उनीहरुको स्कुल रोकियो र आफ्नै बलबुतामा बाँच्न सिके, उनीहरुमा मानसिक कठोरता र विचारको स्वतन्त्रता पैदा भयो ।

सीले पनि आफूमा अरुसँग नझुकिकन उनीहरुको कुरा सुन्ने क्षमता विकास गरे । ‘मैले अरुले मेरा गल्ती अरुले औंल्याउँदा खुशी मान्न सिकेँ तर, आफ्नो आधारभूत सिद्दान्तमा कहिल्यै सम्झौता गरिनँ,’ सी भन्छन् ।

१९६० को दशकमा चीनको गाउँले जीवन कष्टकर थियो । त्यतिबेला विजुली थिएन, मोटर चल्दैनथे, यान्त्रिक औजारहरु थिएनन् । किशोर अवस्थाका सी जिनपिङले मलखाद बोक्न, कुलो बनाउन सडक मर्मत गर्न सिके ।

उनी आफ्नो गुफाभित्र उपियाँ भरिएका ईंटाको ओछ्यान लगाएर अरु तीन साथीहरुसँग सुत्थे । उनीहरुमध्ये एक जना कृषक लु हाउसहेङ थिए, जसले भन्थे, ‘हामीले त्यतिबेला खाने भनेको खोले, कन्दमुल र स्टिम गरिएको पाउरोटी थिए । भोक लागेको बेला जे पनि मिठो हुन्थ्यो ।’

रातमा सी मट्टतिेलको पानस बालेर पढ्ने गर्थे । लुको भनाइमा उनी किताब र चुरोटका अम्मली थिए । ‘पढ्दै जाँदा उनी एकपछि अर्को चुरोट सल्काउँदै जान्थे । उनी ‘सेलेक्टेड वक्र्स अफ माओ जेदोङ’ माओका प्रख्यात उद्दरणहरु र केही अखबारहरु पढ्थे । त्यहाँ अरु केही हुँदैनथ्यो,’ लु भन्छन् ।

त्यतिबेला सीमा कत्ति पनि सेन्स अफ ह्यूमर थिएन । उनले कहिल्यै तास खेलेनन् । अरु केटाहरुसँग बरालिएर हिँडेनन् । न त केटीकै चक्करमा लागे ।

यसको साटो १८ वर्षको उमेरमा नै सी जिनपिङले आफ्नो राजनीतिक करिअरुलाई अगाडि बढाए ।

सुरुमा कम्युनिष्ट युथ लिगमा आवद्ध भएका उनी २१ वर्षको उमेरमा पार्टीमा संलग्न भए । सांस्कृतिक क्रान्तिपछि उनले ‘रातो भन्दा पनि रातो’ भएर बाँच्ने बाटो रोजे ।

अब, सीको दोस्रो पाँच वर्षे कार्यकाललाई चिनियाँ कम्युनिष्ट पार्टी कंग्रेसले निश्चित गर्नेछ । उनले एउटा आत्मविश्विासी र उदियमान महाशक्तिको नेतृत्व गरिरहेका छन्, जसले आफ्ना नेताहरुको खिलाफमा बोल्न नियन्त्रण गर्छ । सीकै कथा पनि तोडमोड गरिएको छ । चीनको अधिकांश ग्रामिण क्षेत्रहरु रातारात शहरीकरण भइसक्दा उनी हुर्किएको गाउँलाई भने कम्युनिष्ट पार्टीप्रति आस्थावानहरुका लागि तिर्थस्थलको रुपमा विकास गरिएको छ । अहिले राष्ट्रपति सीका विचारहरु ठूला राता होर्डिङ बोर्डहरुमा टाँगिएको छ र उनको सम्मानमा एउटा संग्रहालय पनि स्थापना गरिएको छ ।

पाँच वर्षको आफ्नो कार्यकालमा जिनपिङले आफ्नो नाममा एउटा ‘वाद’ निर्माण गरेका छन् । यसको अन्तर्यमा एउटा जनपि्रय नेताको छवि छ ।

समाचार अनलाईन खवर डटकमबाट साभार । 

You may also Like this

थप समाचार

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी ...

५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता
५० देशका सुन्दरी प्रतियोगितामा नेपालबाट युनिता

काठमाडौँ ५० देशको सुन्दरी प्रतियोगिता दोस्रो ‘मिस वर्ल्ड डाइभर्सिटी २०१८’ मा नेपालबाट युनिता खत्रीले सहभागीता जना ...

विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !
विश्वकप फुटबलः बिरालोले गर्‍यो उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी !

अाजबाट सुरू हुन लागेकाे विश्वकप फुटबलकाे उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएकाे छ । ‘एकिलिज’ नामकाे कान नसुन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...