अदालत परिसरमै सुनकाण्डका एसएसपी लोहनीले पत्रकारलाई लात्ती प्रहार गरे

२०७५ बैशाख १९ गते २०:४० मा प्रकाशित


ssp-diwesh-lohani

काठमाडौँ । साढे ३३ किलो सुन प्रकरणमा पक्राउ परेका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीले पत्रकारलाई अदालत परिसरमै पत्रकारलाई लात्ती प्रहार गरेका छन् ।

मोरङ जिल्ला अदालत परिसरबाट निस्किने क्रममा लोहनीले सञ्चारकर्मीहरुलाई हातपात गरेका हुन् । उनले पत्रकार प्रतिनिधि ध्रुव भट्टराई र सुमन सुस्केरालाई हातपात गरेका हुन् । अभियुक्तहरुको तस्वीर लिन खोज्दा लोहनी पत्रकारमाथि जाइलागेको पीडित पत्रकारहरुले बताएका छन् ।

सुन काण्डमा प्रहरी अधिकारीहरू लोहनीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काविरूद्ध मुद्दा दर्ता भएको छ । लोहनी बुधबारमात्रै पक्राउ परेका थिए ।

बुधबार सुन तस्करी प्रकरणमा संलग्न ६३ जनाविरूद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका ७ प्रहरी अधिकारीसहित अन्य २८ जना र अन्यलाई फरार अभियुक्त बनाएर मुद्दा दर्ता भएको हो ।

सुन काण्डमा मुछिएपछि लोहनीलाई अपराध मशाखाको जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालय तानिएको थियो ।

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...