यू–१५ महिला साफ च्याम्पियनसिपको कप्तानी सम्हालिन शारदामा अध्यनरत छात्रा प्रीति राईले

२०७४ पुस ३ गते १९:४७ मा प्रकाशित


preeeti  rai (1)

काठमाडौँ । यू–१५ महिला साफ च्याम्पियनसिपमा सहभागि हुन नेपाली खेलाडिहरु शुक्रबार बंगलादेशको राजधानी ढाका प्रस्थान गरेका छन् । कपनमा रहेको शारदा एकेडेमीमा अध्यनरत छात्रा समेत रहेकी प्रीति राईले कप्तानीको जिम्बेवारी सम्हालेकी छिन् ।

preeeti  rai (2)
नेपाल बंगलादेशसँग ६–० ले पराजित
यू–१५ महिला साफ च्याम्पियनसिपको आइतबार भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ ।
बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन । अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन ।
मोगिनीले खेलको १३औँ मिनेटमा, चक्माले २६औँ तथा खातुनले ३२औँ मिनेटमा गोल गरिन । पहिलो हाफको इन्जुरी समयमा मोगिनीले अर्को गोल गर्दै आफ्नो टिमलाई ४–० को अग्रता दिलाइन ।
यस्तै, खातुनले खेलको ६९औँ र ७२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन ।अर्को खेलमा भारतले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्यो ।नेपालले दोस्रो खेल मंगलबार भारतसँग खेल्नेछ ।

You may also Like this

थप समाचार

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...