प्राक्सिसलाई ‘एन प्याब्सन काठमाडौँको जिल्लास्तरीय अन्तर–विद्यालय लोकनृत्य प्रतियोगिता’को उपाधि (फोटोफिचर)

२०७५ साउन ३० गते १७:४२ मा प्रकाशित


National Pabsan ktm folk dance compiditon (5)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन), काठमाडौँको ‘जिल्लास्तरीय अन्तर–विद्यालय लोकनृत्य प्रतियोगिता’ श्रावण २९ गते मंगलबार सम्पन्न भएको छ ।

National Pabsan ktm folk dance compiditon (6)
राष्ट्रिय नाचघर, जमलमा गरिएको उक्त लोकनृत्य प्रतियोगितामा ५३ विद्यालय सहभागि भएका थिए । जसमा ५२ विद्यालयलाई पछि पार्दै चुच्चेपाटिमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमीले उपाधि चुमेको छ ।

National Pabsan ktm folk dance compiditon (4)
यस्तै बेस्ट ग्रुप भिजन स्कुल दोश्रो, दिब्य ज्ञान स्कुल तेश्रो, बिपुल शिक्षा निकेतन चौथो, बिद्या सदन स्कुल पाँचौ, ए.भि.एम. सेकेण्डरी स्कुल छैटौं, अर्किड पुपिल स्कुल सातौ, शारदा एकेडमी आठौं, फ्युचर स्टार इङलिस स्कुल नवौं र पिक प्वाइन्ट एकेडमीले दशौ स्थान हासिल गरेको छ ।

National Pabsan ktm folk dance compiditon (1)
उत्कृष्ट नृत्य कलाकार छात्र तर्फ पायोनियर पब्लिक स्कुलका छात्र नेत्र मगर र उत्कृष्ट नृत्य कलाकार छात्रा तर्फ क्यारिना इन्टरनेशनल एकेडमीकी छात्रा रेजीना श्रेष्ठले पाएकी छिन् ।

National Pabsan ktm folk dance compiditon (3)
उत्कृष्ट भेषभुषा तथा श्रीङ्गार र उत्कृष्ट मौलिकता विधाको उपाधि पनि प्राक्सिस इन्टरनेशनल एकेडेमीले प्राप्त गरेको छ भने उत्कृष्ट नृत्य निर्देशकको उपाधि प्राक्सिस इन्टरनेशनल एकेडमीका कोरियोग्राफर, बरिष्ठ नृत्य निर्देशक साने बहादुर रानाले पाएका छन् ।

National Pabsan ktm folk dance compiditon (9)
प्रतियोगिताबाट प्रथम, द्धितीय र तृतीय हुने विजयी विद्यार्थी तथा स्कुललाई क्रमश १५ हजार, १२ हजार, १० हजार नगद सहित ट्रफी तथा प्रमाण–पत्र प्रदान गरिएको थियो । यस्तै चौथोदेखी दशौसम्मका विजयी विद्यालयहरुलाई प्रमाण–पत्र र ट्रफी प्रदान गरिएको थियो ।

National Pabsan ktm folk dance compiditon (10)
नगद पुरस्कारका लागि काठमाडौँ विनायक शिक्षालय (केभिएस), युनाटेड पब्लिकेसन, कल्याणकारी स्वयंसेवक संघ नेपाल (डब्लु भ्यान) र आस्था कला केन्द्रले प्रायोजन गरेको थियो । यस्तै कार्यक्रम लागि आशार्य कन्सल्टेन्सी, फ्लाई एभरेष्ट टुर्ज एण्ड ट्राभल्स प्राली, युनाइटेड पब्लिकेसन, एक्टिभ अब्रोड स्टडि, रवि कृष्टियन ग्रिल्स एण्ड वर्कसप प्राली, पि.एस.एल. फाइबर ग्लास एण्ड ग्रिल्स मेटल इन्डष्ट्रिज प्राली र शर्मा आर्ट एण्ड प्रिन्टिङ्ग प्रेसले प्रायोजन गरेको थियो ।

National Pabsan ktm folk dance compiditon (2)

प्रतियोगिताको निर्णायक भुमिकामा मिथिला शर्मा, महेश गोदार र श्रीहरि श्रेष्ठ रहेका थिए । कार्यक्रम सञ्चालन पूर्व मिस नेपाल सुगारिका केसीले गरेकी थिइन् ।

National Pabsan ktm folk dance compiditon (7)
यस्तै कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष रितुराज सापकोटा, निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार कर्ण बहादुर शाही, एनप्याब्सन केन्द्रिय महा–सचिव सुबास न्यौपाने, विभिन्न स्कुलका प्रिन्सिपल एवं लोक नृत्यसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

National Pabsan ktm folk dance compiditon (8)
कार्यक्रममा बोल्दै एनप्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुलीले नेसनल प्याब्सन काठमाडौँ जिल्लाले विद्यालयको हक, हित, शिक्षकहरुको क्षमता अभिबृद्धि गर्न शिक्षक पुनर्ताजकी तालिम र विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाहरुलाई उजागर गर्नका लागि सदैब यस्तै खालका श्रृजनात्मक कार्यक्रमहरु गरिरहेको र आउने दिनहरुमा पनि गर्ने बताउनु भयो । साथै एनप्याब्सन जिल्लास्तरिय अन्तर–विद्यालय लोकनृत्य प्रतियोगिता सफल पार्नका लागि सहयोग पुर्याउने सबैजनालाई धन्यबाद व्यक्त गरेका थिए ।

National Pabsan ktm folk dance compiditon (10)_1
केटिएम खबरसंग कुराकानी गर्दै एनप्याब्सन काठमाडौँका सदस्य, प्रचार विभाग प्रमुख एवं एनप्याब्सन जिल्लास्तरिय अन्तर–विद्यालय लोकनृत्य प्रतियोगिताको कार्यक्रम संयोजक गेन्द्र लामाले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल बनाउँन सहयोग गर्नुहुने एनप्याब्सन काठमाडौँका पदाधिकारी तथा सदस्यहरु, विशेष गरी ईसिय समितिका सदस्यहरु, सहभागि विद्यालय, प्रतियोगि विद्यार्थीहरु, सम्बन्धित विद्यालयका कोरियोग्राफर, निर्णायक मण्डलका सदस्यहरु, कार्यक्रम सञ्चालक, उपस्थित अतिथिगण, प्रायोजक संस्था, सञ्चारकर्मी, नेपाली मौलिक कला र संस्कृतिलाई सम्बद्र्धन र प्रबद्र्धन गर्न सहयोग गर्नुहुने सम्पुर्ण नेपाली लोकनृत्य प्रेमीहरुलाई धन्यवाद दिदै आउने कार्यक्रमहरुमा पनि यस्तै सकारात्मक साथ र सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

National Pabsan ktm folk dance compiditon (11)

You may also Like this

थप समाचार

‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)
‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ सम्पन्न, साम्तेनकी निमालाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘दोश्रो प्याब्सक उपत्यकाव्यापी एकल आधुनि ...

‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम्पन्न, युनिभर्सललाई उपाधि (भिडियो)
‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम्पन्न, युनिभर्सललाई उपाधि (भिडियो)

काठमाडौँ । स्कुल एलाईन्स फर एकेडेमीक ट्रान्फरमेसन (स्याट) को आयोजनामा ‘स्याट अन्तरविद्यालय नाटक प्रतियोगिता’ सम् ...

ब्रुकलिन कलेजले गर्यो विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम (भिडियो)
ब्रुकलिन कलेजले गर्यो विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रम (भिडियो)

काठमाडौँ । सुकेधारामा रहेको ब्रुकलिन कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत एवं कक्षा १२ उतिर्ण विद्यार्थ ...

यस्तो रह्यो ह्याप्पी किड्को ‘तिज विशेष कार्यक्रम’ (भिडियो)
यस्तो रह्यो ह्याप्पी किड्को ‘तिज विशेष कार्यक्रम’ (भिडियो)

काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले हरितालिका तिजको अवसरमा आयोजना गरेको ‘तिज वि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...