पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह

२०७५ जेष्ठ २८ गते १७:३४ मा प्रकाशित


prakash-man-sinha

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता कार्यकर्ताहरुलाई निराश नहुन र पार्टीको सुधारमा लाग्न निर्देशन दिएका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला पार्टीले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ताहरुसँगको बैैठक तथा अन्तर्क्रियालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो राजनीतिक जीवनमा पार्टीलाई सशक्त बनाउने कुरामा ध्यान दिन आग्रह गरेका हुन् ।
पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस् । झन्झट लाग्छ भने छोड्दिनुहोस्, अरु मान्छेले ठाउँ लिन्छ,’ कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने, ‘तर राजनीति गर्ने हो भने अलि माथि सोचेर गरौं ।
उनले भने, अवसर फेरि आउँछ । त्यो अवसर आउँदाखेरि सोसाइटीले जुन समृद्धिको चाहना राखेको छ त्यसलाई इमिडियट ट्रान्सलेट गर्न सक्ने क्षमता राख्नुपर्छ ।
उनले कांग्रेसले अहिलेकै अवस्थामा अरु राजनीतिक दलहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । त्यसैले आफूले पार्टी सुधारको कुरा गरेको उनको भनाइ छ । तर पार्टी सुधारको कुरा गर्दा र विधिसम्मत ढंगले चलाउनुपर्ने बताउँदा पक्ष विपक्षमा लागेको आरोप खेप्नुपरेको गुनासो उनले गरे ।
‘कांग्रेसलाई यस्तै लथालिंग राखेर अरु पार्टीहरुसँग पोलिटिकली आइडोलोजीकल्ली फेस गर्न सक्छौं त रु कदापी सक्दैनौं । त्यसकारण पार्टीलाई सुधार्नुपर्यो,’ उनले भने, ‘पार्टी जोगाउन बोल्दाखेरि यो पक्ष विपक्ष भयो भनेर इन्टरप्रिटेसन गर्न मिल्छ रु पार्टीको अस्तित्व नै समाप्त भयो भने हामी कहाँ जाने रु यहाँ पार्टीको अस्तित्वको सवाल आइसक्यो । पार्टीलाई जोगाउन पर्यो नि ।’ उनले भने, ‘पार्टी जोगाउनका लागि यो कमजोर भयो भनेर भन्नासाथै कसैलाई पर्सनली अट्याक गर्यो भनेर जसरी प्रचार गराउन खोजिएको छ, त्यसले नेपाली कांग्रेसको संगठनलाई अगाडि बढाउनका लागि कत्तिको मद्दत मिल्छ रु त्यसमा पनि हामीले अलि सिरियसली सोच्नुपर्छ जस्तो मलाई लागेको छ । नत्र मलाई मात्र केको चिन्ता र चिन्ता मलाई नै लाग्नुपर्ने, हुटिट्याउँले थामेजस्तो । केहो, केहो अचम्म छ ।’
उनले कांग्रेसलाई छिटोभन्दा छिटो प्रक्रियागत रुपले संघीयताको ढाँचामा लैजानुपर्नेमा जोड दिए । विधान संशोधन गरेर रिक्त पदपूर्ति गर्ने हो भने सभापतिको कार्यकाल एक वर्ष थप्न कुनै आपत्ती नहुने सिंहले स्पष्ट पारे ।
‘विधान संशोधनका लागि प्रक्रियाबाट लगौं । यहि गर्दा पनि लाग्ला जस्तो छ डेढ–दुई वर्ष । यो विधान संशोधनका लागि हामीले जतिसुकै कराए पनि टाइम त लाग्छ,’ कांग्रेस नेता सिंहले भने, ‘एक वर्षमा काम सकिन्छ भने ठीक छ, संशोधित विधानको नयाँ ढाँचाअनुसार फुलफिल गरेर राखिराखौं, टाइम हुँदाखेरि महाधिवेशन गरौं । उहाँलाई चाँडो गरौं भन्ने लाग्छ भने चाँडो गरौं । डेमोक्रेटिक पार्टीमा डेमोक्रेटिक प्रोससबाट जे गर्ने हो त्यो गर्नुपर्छ ।’

You may also Like this

थप समाचार

स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी
स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी

 मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोल ...

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...