प्रचण्डलाई अध्यक्ष नदिए पार्टी एकता हुँदैन् : शाही

२०७४ माघ १३ गते १७:३७ मा प्रकाशित


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता, पूर्वमन्त्री एवम् प्रदेश नम्बर ६ का मुख्यमन्त्रीको दाबेदार महेन्द्र बहादुर शाहीले एमाले–माओवादीवीच एकतालाई फलामको चिउरा चपाएसरह भएको बताएका छन् ।

mahendra-shahi-768x592

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शाहीले दुई पार्टीवीचको एकता गर्न सजिलो नभएको स्पष्ट पारेका हुन् । उनले भने,‘अहिले मुलुकमा स्थायित्व नचाहानेहरुको बाहुल्यता छ, एकता नचाहाने शक्तिहरु अहिले सक्रिय छन्, यो देशमा पार्टी जुटाउन भन्दापनि फुटाउन सहयोग गर्नेहरुको ठूलो भीड छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता शाहीले पार्टी एकताको लागि दुवै पार्टीका नेताहरु फलामको चिउरा चपाउन तयार हुनुपर्नेमा जोड दिए । उनले थपे,‘एकता त अहिले फलामको चिउरा चपाएसरह हो, यसको लागि हामी तयार हुनुपर्छ, अब कम्युनिष्टहरुको लागि अग्निपरिक्षा सुरु भएको छ, तर हामी निराश भएका छैनौं।’ दुई पार्टीवीचको एकताले दाँत भाँचिन सक्ने खतरा रहेको उनको भनाई थियो ।

आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष नदिए एमालेसँग एकता हुनै नसक्ने शाहीको उद्धघोष छ । उनले भने,‘अध्यक्ष दिए एकता हुन्छ, नदिए हुँदैन्, कुरा स्पष्ट छ।’ उनले एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री र एकतापछिको पार्टीको अध्यक्ष दुवैपद आफूले लिन चाहेको हो कि भन्ने संकेत गर्दै भने,‘काम नगर्नेहरुलाई किन चाहियो दश वटा पद ? कार्यविभाजन गर्दा अब एक व्यक्ति एक पद गरेर हामी अघि बढ्छौं।’

नेता शाहीले कसैलाई प्रधानमन्त्री बनाउनकै लागि एकता नहुने र आफूहरु कार्यकर्ता नबन्ने दाबी गरे । उनले भने,‘कसैलाई प्रधानमन्त्री बनाउनको लागि हामी सिपाही बन्दैनौं, फेरि कुनै एक व्यक्तिलाई राजा बनाउनको लागि हामी सिपाही बन्न सक्दैनौं।’ यद्धपी आफूहरु जनचाहना अनुसार सेवा गर्न सिपाही बन्न भने तयारी अवस्थामा रहेको विश्वास दिलाए ।

शाहीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान कामचलाउ सरकारले गरेका पछिल्ला निर्णयहरुको बारेमा आम नागरिकले आफ्नो धारणा सार्वजनिक भैरहेको उल्लेख गर्दै भने,‘हामी जम्मै क्षमता नभएका नेताहरु हौं, क्षमता भएको भए किन धुलो उड्थ्यो र ?’ उनले नेताहरुलाई पदमात्रै चाहिने गलत परम्परा रहेको गुनासो पोखे ।

उनले वृद्धभत्ता दिनु त राम्रो कुरा भएको व्यंग्य गर्दै भने,‘सके त किन वृद्धभत्ता, भत्ता नै दिए राम्रो हुनेथियो, तर राज्यको क्षमता पनि हेर्नुपर्यो नि ?’ मुलकमा उत्पादन क्षमता वृद्धि गर्नतिर लाग्नुपर्ने उनको भनाई थियो ।

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...