भ्रष्टाचार रहित २१औँ शताब्दि सुहाउँदो स्थानिय निकाय बनाउँछुः प्रवेश लामिछाने

२०७४ बैशाख २२ गते ०८:०४ मा प्रकाशित


काठमाडौँ । लामो समयको अन्तरालमा स्थानिय निकायको चुनाव हुदैछ विभिन्न पार्टीहरुले आफ्ना नीति तथा कार्यक्रम लिएर उम्मेद्वारलाई मैदानमा उतारेका छन ।

यत्ति बेला नेपाली कांग्रेसको तर्फवाट काठमाण्डौ महानगरपलिका वडा नं. ७ मा प्रवेश लामिछाने आफ्नो टिम सहित वडा अध्यक्षको रुपमा चुनाबि मैदानमा छन् । कांग्रेसको ईकाइ सभापति समेत रहेका लामिछाने अहिले जनप्रतिनिधिको हैसियतमा जनताको घरदैलो कार्यक्रममा हिडिरहेका छन् । काठमाण्डौ महानगर वडा नम्वर ७ का स्थाई बासिन्दा तथा युवा नेता लामिछानेसंग केटिएम खवरका लागि रवि भट्टराईले विशेष सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

Prabesh Lamichhane-interview
यहालाई स्वागत छ ।
धन्यवाद ।
चुनावको संघारमा रहेका छौँ ।, कस्तो छ व्यस्तता ?
ब्यस्तै छु । पार्टीले स्थानिय निकायको चुनावमा वडाअध्यक्षको टिकट दिएर जनताको सेवा गर्ने अवसर जुटाई दिएको छ र हामी सम्पुर्ण टिम सहित जनताको घरदैलोमा छौ ।
भ्रष्टाचार रहित २१औँ शताब्दि सुहाउँदो स्थानिय निकाय बनाउँने सपनाका साथ दिन र रात नभनि म आफ्नो जिम्मेवारी निभाई रहेको छु । जनतको घर दैलोमा हामी पुगेको छौँ । पार्टीको निर्देशन अक्षरस पालना गर्दै, मेरा अग्रजहरुको अनुभव र आशिर्वादलाई आत्मसाथ गर्दै सम्पुर्ण पार्टी संगठन चुनाबमा होमिएको छ । नेपाली कांग्रेस सिंगो पार्टी चुनाब जित्ने र जनताको विकास सहितको सेवा, निकास सहितको सेवा दिन कुनै कन्जुसाई नगर्ने पक्षमा सम्पुर्ण पार्टी पङ्ति लागेको छ । म प्रतिनिधि पात्र मात्र हुँ । मलाई सहयोग सद्भाव गर्ने टोलबासी आमा–वुबा, दाजु–भाई, दिदी–वहीनीले हामी प्रती जुन सद्भाव राख्नु भएको छ । त्यसले अझ थप जिम्मेवारी थपिएको महशुस गरेको छु ।
निर्धक्कसंग चुनाव जित्छौ जस्तो गर्दै हुनुहुन्छ, यसका आधार के के हुन ?
चुनाव जित्ने आधारहरु प्रशस्तै छन् । संस्कृतमा एउटा स्लोक छ जननि जन्म भुमिश्च स्वर्गा दपि गरियसी यसको मतलब आमा र जन्मभुमि स्वर्ग भन्दा नि प्यारो हुन्छ । हो यो हाम्रो जन्मथलो हो । हामी यहाँको माटोसंग परिचित छौँ । बरु हामी ज्यान दाउमा राख्न सक्छौ तर हाम्रो माटोलाई धोका दिदैनौ । यहाँको विकास निर्माण, जनताको सेवामा कुनै कन्जुसाई हामीबाट हुदैन । अर्को कुरा म प्रतिनिधि पात्र हु मेरो पछाडि सिंगो नेपाली कांग्रेस पार्टी छ । टोलबासी सम्पुर्ण दाजुभाईहरुको मया छ ।

कामनपा ७ का उम्मेदवार प्रवेश लामिछानेसंगको थप कुराकानी तथा भिडियो कुराकानी हेर्नका लागि तलको युटुब लिंकमा जानुहोसः

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...