प्रधानमन्त्री ओली भन्छन् – ‘जनतामा वाहवाही छु, पार्टीमा किन विरोध’

२०७५ पुस १३ गते १०:१३ मा प्रकाशित


kp shram oli

काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष  केपी ओली नेकपा स्थायी समिति बैठकमा जवाफ दिँदा नेताहरूले प्रतिवाद गरेका छन् । ओलीको प्रतिवादमा एकपछि अर्को स्थायी समिति सदस्य उत्रिएपछि बिहीबार बैठक समापन हुन सकेन । अचानक स्थगित गरी बैठक शुक्रबार बिहान ८ बजे बोलाइएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डले पेस गरेको प्रतिवेदन पास गरेर बिहीबार नै बैठक सक्ने तयारी थियो । तर, ओलीको दुई घन्टा लामो जवाफ सकिएलगत्तै वामदेव गौतम, घनश्याम भुसाल र भीम रावलले प्रतिवाद गरेका थिए ।

स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिन उभिएका अध्यक्ष ओलीले दुई घन्टा भाषण गरे । सदस्यहरूले इंगित गरेका एउटै कमजोरी पनि ओलीले स्विकारेनन् । बरु उनले आफ्नो र सरकारको जनताले वाहवाही गरिरहेको, पार्टीभित्र भने विरोध भएकोमा असन्तुष्टि जनाए ।

‘अहिले पार्टीमा आलोचना भएको छ, तर जनतामा वाहवाही नै छ । ०५१ मा गृहमन्त्री हुँदा पनि मेरो कामको जनताले प्रशंसा गरेका थिए, पहिलोपटक प्रधानमन्त्री हुँदा पनि वाहवाही पाएकै थिएँ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेता मणि थापाले भने । याे खबर आजको नयाँ पत्रिका दैनिकले छापको छ ।

You may also Like this

थप समाचार

नयाँ वर्षको पुर्वसन्ध्यामा स्मार्ट क्याफेले ‘नेपाली कल्चर डान्स’ गर्ने
नयाँ वर्षको पुर्वसन्ध्यामा स्मार्ट क्याफेले ‘नेपाली कल्चर डान्स’ गर्ने

काठमाडौँ । धुम्बाराही चोकमा रहेको स्मार्ट क्याफेले अंग्रेजी नयाँ वर्ष २०१९ को पुर्वसन्ध्यामा ‘नेपाली कल्चर डान्स&rsquo ...

गोरखापत्र संस्थानमा जागिर खुल्यो
गोरखापत्र संस्थानमा जागिर खुल्यो

काठमाडौं– गोरखापत्र संस्थानले विज्ञापन संकलक पदमा कर्मचारी माग गरेको छ  ।करार सेवामा नियुक्ति गरिने सो पदका लागि म ...

प्रधानमन्त्री ओली भन्छन् – ‘जनतामा वाहवाही छु, पार्टीमा किन विरोध’
प्रधानमन्त्री ओली भन्छन् – ‘जनतामा वाहवाही छु, पार्टीमा किन विरोध’

काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष  केपी ओली नेकपा स्थायी समिति बैठकमा जवाफ दिँदा नेताहरूले प्र ...

यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य
यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...