नेपालका विशिष्ट महिलाको ऐतिहासिक फोटो प्रदर्शनी

२०७४ फागुन २७ गते १७:०४ मा प्रकाशित


29067312_10213855949626305_6922622644105773056_n

काठमाडौँ। नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपान्तरणमा विशेष योगदान पुर्‍याएका महिलाको फोटो प्रदर्शनी भएको छ । सांस्कृतिक संग्रहालय नेपालको आयोजनामा १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसर पारेर फागुन २४ देखि ३० गतेसम्म नेपालका विशिष्ट महिलाको ऐतिहासिक फोटो प्रदर्शनी जारी छ  ।

संग्रहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले ‘नारी शक्तिलाई सम्झौँ, नारीको सम्मान गरौँ’ भन्ने मूलनाराका साथ १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा फोटो प्रदर्शन गर्न लागेको जानकारी दिनुभयो । “प्रदर्शनीमा नेपालका २५० भन्दा बढी विशिष्ट, प्रथम र साहसिक महिलाको फोटो राखिनेछ,” उहाँले भन्नुभयो ।

अध्यक्ष श्रेष्ठले नेपाली महिलाले गरेको योगदानलाई अझै पनि राज्यबाट प्राथमिकताका साथ नहेरिएकाले उक्त प्रदर्शनी गर्न लागेको बताउनुभयो । “नेपाली महिलाको योगदान र उपलब्धिका बारेमा चित्तबुझ्दो सूचना र जानकारी सजिलै पाउन नसकिरहेको यथार्थ र वास्तविकतालाई आत्मासात् गर्दै आ–आफ्नो क्षेत्र, समय र स्थानबाट योगदान दिएका महिलाको गहन खोज, अध्ययन–अनुसन्धान गरेर फोटो प्रदर्शनी गरेका हौँ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

संग्रहालयका सदस्य सूर्य नेपालले प्रदर्शनीमा सीता, भृकुटी, रानी राज्यलक्ष्मी, योगमाया न्यौपाने, मंगलादेवी सिंह, साहना प्रधान, द्वारिकादेवी ठकुरानी, तारादेवी, अरुणा लामा, विद्यादेवी भण्डारी, ओनसरी घर्ती, झमककुमारी घिमिरे, पारिजात, सुशीला कार्की लगायतका फोटो प्रदर्शनमा राख्ने जानकारी दिनुभयो ।

यसअघि संग्रहालयले विपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी, नारायण गोपाल लगायतका व्यक्तिको फोटो प्रदर्शन गरिसकेको छ । प्रदर्शनी बिहान ११ देखि ५ बजेसम्म नेपाल आर्ट काउन्सिलमा हुने संग्रहालयले जनाएको छ ।

रासस

You may also Like this

थप समाचार

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...