‘तेश्रो पिस प्वाइन्ट कप’ सम्पन्न, आयोजक पिस प्वाइन्ट र क्याम्ब्रिज पब्लिकलाई उपाधि (फोटोफिचर)

२०७५ भदौ २८ गते १४:२२ मा प्रकाशित


IMG_5027

काठमाडौँ । कात्यानिचोक, मध्यबानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलले आयोजना गरेको फुटबल टुर्नामेन्ट ‘तेश्रो पिस प्वाइन्ट कप’ यहि भाद्र २५ गते सोमबार सम्पन्न भएको छ ।

IMG_4999
सानोगौचरणमा भाद्र १७ गतेबाट सुरु भएको उक्त प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।

IMG_5208
छात्र तर्फ २१ र छात्रा तर्फ ४ विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा आयोजक विद्यालय पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलले ‘तेश्रो पिस प्वाइन्ट कप’ को छात्र तर्फको उपाधि पाएको छ ।

IMG_5235
यस वर्षको उपाधिसंगै पिस प्वाइन्ट लगातार तेश्रो पटक च्याम्पियन बन्न सफल भएको छ ।

IMG_5261
सानो गौचरणको ग्राउण्डमा भएको फाइनल खेलमा पिस प्वाइन्टले जगत मन्दिर सेकेण्डरी स्कुललाई ३–२ गोलअन्तरले पछि पार्दै उपाधि पाएको हो ।

IMG_5152

जसबाट जगत मन्दिर सेकेण्डरी स्कुल दोश्रो र रिभेरा इन्टरनेशनल एकेडेमीलाई ०–२ गोल अन्तरले पछि पार्दै अंकुर विद्याश्रम तेश्रो भएको छ ।

IMG_5145
छात्रा तर्फ क्याम्ब्रिज पब्लिक हाई स्कुलले उपाधि पाएको छ । डिफेन्डिङ च्याम्पियन पिस प्वाइन्टलाई ०–१ गोल अन्तरले पछि पार्दै क्याम्ब्रिजले उपाधि पाएको हो । काठमाडौँ विनायक शिक्षालय (केभिएस) बाट वाक ओभर पाएको एजिएम स्कुल तेश्रो भएको छ ।

IMG_5086

यस्तै छात्रा तर्फ गोलरक्षकमा जगत मन्दिरका राहुल सुनुवार, डिफेन्समा पिस प्वाइन्टका बलबहादुर थापा उत्कृष्ट खेलाडी घोषित भएका थिए भने प्रतियोगिताभरी ७ गोल गरेका अंकुर विद्याश्रमका जय अधिकारी सर्वाधिक गोलकर्ता र पिस प्वाइन्टका अनिल चौलागाई प्रतियोगिता कै उत्कृष्ट खेलाडि चुनिए । पिस प्वाइन्टका फुटबल कोच पुकार थापा उत्कृष्ट कोच बने ।

IMG_5071
छात्रा तर्फ पिस प्वाइन्टकी एनी तामाङ उत्कृष्ट डिफेन्डर र क्याम्ब्रिजकी महिष्मा राई उत्कृष्ट गोलरक्षक चुनिएकी थिइन् ।

IMG_5133
विजयी विद्यार्थी तथा टिमलाई सोमबार नै पुरस्कृत गरिएको थियो ।

IMG_5119
छात्र तर्फ प्रथम, द्धितीय, तृतीय हुने टिमलाई क्रमस १५ हजार, ७ हजार र ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

IMG_5030
छात्रा तर्फ प्रथम, द्धितीय, तृतीय हुने टिमलाई १० हजार, ७ हजार र ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

IMG_5045
एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङको प्रमुख आतिथ्यतामा गरिएको उक्त ‘तेश्रो पिस प्वाइन्ट कप’ को समापन कार्यक्रममा काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, माफका अध्यक्ष राजन आचार्य, नेसनल प्याब्सन काठमाडौँका कोषाध्यक्ष श्याम योञ्जन, नेसनल प्याब्सन काठमाडौँका सदस्य एवं प्रचार विभाग प्रमुख गेन्द्र लामा, रिभेरा इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल प्रज्वल कोइराला, ‘तेश्रो पिस प्वाइन्ट कप’ प्रायोजन गर्ने संस्थाका प्रतिनिधिहरु, लगायतको उपस्थिति रहेको थियो ।

IMG_5019

IMG_5123

IMG_5125

IMG_5127

IMG_5218

You may also Like this

थप समाचार

ह्याप्पी किड्सको ‘बृहत देउसी भैलो तथा ह्याप्पी किड्स गड ट्यालेण्ट’ प्रतियोगिता सम्पन्न (भिडियो)
ह्याप्पी किड्सको ‘बृहत देउसी भैलो तथा ह्याप्पी किड्स गड ट्यालेण्ट’ प्रतियोगिता सम्पन्न (भिडियो)

काठमाडौँ । मण्डिखाटारफाट, एकताबस्तिमा रहेको ह्याप्पी किड्स मण्टेश्वरी होमले आयोजना गरेको बृहत देउसी भैलो तथा सांस्कृतिक कार् ...

लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट र लिडरसिप फर चेन्जद्धारा बालगृहलाई सहयोग (फोटोफिचर)
लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट र लिडरसिप फर चेन्जद्धारा बालगृहलाई सहयोग (फोटोफिचर)

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ युथ फर डेभलपमेन्ट र लायन्स क्लब अफ लिडरसिप फर चेन्जले सोमबार बुढानिलकण्ठ नगरपालिका वडा नम ...

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...