पर्सलाई पछाडि राख्नुहुन्छ ?, जान्नुहोस् यि रोगहरु लाग्नसक्छ

२०७५ बैशाख १८ गते १७:०६ मा प्रकाशित


पर्सलाई धेरैजसो मानिसले आफ्नो पछाडिको खल्तीमा राख्ने गर्दछन् । यदि तपाईं पनि यस्तै गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानी तुरुन्तै हटाउनु पर्नेछ नभए विभिन्न रोगको शिकार हुनुपर्छ । पर्समा हामी पैसाको साटो विभिन्न कार्ड, सिक्का, आइडीलगायतका वस्तु राख्छौं जसले पर्स निकै मोटो बनाउँछ । यस्तोमा यदि तपाईंले पछाडिको खल्तीमा यस्ता मोटो पर्स राख्नुहुन्छ भने यसले तपाईंको शरिरको तल्लो भागको ब्यालेन्स बिगार्ने गर्दछ । त्यसकारण पछाडिको खल्तीमा पर्स राख्दा तपाईंले विभिन्न स्वास्थ्य समस्या झेल्नुपर्छ ।

साइटीका रोगको सम्भावनाः
जब तपाईं पर्सलाई पछाडिको खल्तीमा राखेर बस्नुहुन्छ यसले कम्मरमा दबाब पार्छ । कम्मरबाटै साइटिक नसा फैलने भएकाले यसको दबाबका कारण तपाईंको कम्मर दुख्ने सम्भावना अधिक हुन्छ । यसले तपाईंको हिप ज्वाइन्ट्समा हुने पिरिफर्म मसल्समा पनि दबाब पर्ने गर्दछ । यसले समस्या पैदा गर्छ ।

रक्त संचारमा बाधा पुग्नेः
हाम्रो शरीरमा नशाको जालो छ जसले एउटा अंगलाई अर्को अंगसँग जोड्ने गर्दछ । कुनै नशा यस्तो पनि हुन्छन् जुन मुटु हुँदै कम्मर र खुट्टासम्म पुग्ने गर्दछ । मोटो पर्स राखेर बस्दा यी नशामाथि दबाब पर्ने गर्छ जसका कारण रक्तसंचारमा प्रभाव पर्ने गर्दछ । लामो समयसम्म यसरी बस्दा नशा सुन्निन पनि सक्छ ।

खराब हुनसक्छ मेरुदण्डको हड्डीः
पछाडिको खल्तीमा पर्स हुँदा शरिरको ब्यालेन्स ठिक हुँदैन जसका कारण व्यक्ति सीधा बस्न सक्दैन । यसले मेरुदण्डको हड्डीलाई खराब बनाउँछ जसका कारण स्पाइनल जोइन्ट्स, मसल्स र डिस्क आदीमा पीडा हुन्छ । यसले राम्रोसँग काम गर्न पाउँदैन जसका कारण बिस्तारै मेरुदण्डसम्बन्धि रोग लाग्ने गर्छ ।

फोर्मिस सिन्ड्रोमको खतरा बढ्नेः
पाइन्टको पछाडिको खल्तीमा पर्स राख्दा तपाईंलाई पायरी फोर्मिस सिन्ड्रोम नामको रोग लाग्ने खतरा बढुछ । यस्तो रोग लागेपछि बिरामीलाई असह्य पीडा हुन्छ । पर्स राखेर घण्टौं बस्दा पायरी फोर्मिस मसल्समा दबाब पर्ने हुँदा खुट्टामा अत्यधिक पीडा हुने गर्दछ । विशेषगरी युवा यो रोगको शिकार हुन्छन् । पायरी फोर्मिस रोगबाट छुटकारा पाउनका लागि शल्यक्रिया गराउनुपर्छ ।
त्यसकारण तपाईंको यस्तो बानी छ भने तुरुन्त हटाउनुहोस् ।

You may also Like this

थप समाचार

स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी
स्ट्राइकर रोनाल्डोमाथि लागेको बलात्कारको आरोप कपोलकल्पित भएको दाबी

 मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोल ...

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...