परिवर्तन संभव छ !

२०७३ मंसिर १४ गते १७:३८ मा प्रकाशित


  • रवि भट्टराई

अनायासै आज मलाई लेख्न मन छ, खै के लेखौँ, जिवन लेखौँ या जगत लेखौँ, ज्ञान लेखौँ या विज्ञान लेखौँ, जन्म लेखौ या मरण लेखौँ, पुस्तकहरु धेरै छन्, विषय बस्तुहरु पनि कयौँ छन्, भाषाहरु बहुत छन्, समय थोरै छ, बाधा व्यवधानहरु धेरै छन तर परिवर्तन कसैले रोकेर रोेकिन्न, छेकेर छेकिन्न । जो हिजो देखियो आज हुँदैन, जो आज देखिन्छ भोली हुदैन त्यसैले राजनिति जतिसुकै अस्थिर होस तर ढिलो चाडो परिवर्तन संभव छ र यो भएरै छाड्छ ।


rabi bhattarai lekhकुरो धेरै वर्ष अगाडिको हैन, धेरै भए १० बर्ष अगाडिको होला किनभने मेरो आफ्नै उमेर लगभग २५ छ । म जुन गाउमा जन्मिए पुर्बि पहाडी जिल्ला भोजपुर, त्यो गाउँमा न बत्ति नै थियो नत सडक बाटौनै थियो, टेलिफोन त झन कल्पना बाहिरको कुरा हुन आऊथ्यो । म ५ या ६ कक्षमा पढ्दै गर्दा हुनुपर्छ सडकको नाप जाच गर्ने टोली आयो रे भनेको हल्लामात्र सुनिन्थ्यो मेरो कल्पनामा सडक आउला भन्ने त छँदै थिएन अथवा यहा पनि सडक आउछ अनि गाडि गुड्छन् भन्ने त कल्पना बाहिरको कुरा थियो । त्यसमाथि तत्कालिन माओवादी र सरकार पक्षको लाडाइले गाउ सिथिल थियो । नभन्दै सडक खनिने भएछ । गाऊमै रोजगारी सिर्जना गर्ने गरी गाउकै जनताले अत्याधुनिक स्काभेटरहरुले हैन कि, गाऊकै कुटो कोदालो झम्पल जस्ता साधनले सडक खनिने भयो । खनिदै गर्दा कतिले भन्ने गर्थे त्यस्तो पहाड खोस्रियर गाडी कहिले आउला ? यत्रा भिरहरु मान्छेले कसरी फोड्लान तर त्यस्ता भिरहरु पनि मान्छेले फोडे धनकुटाको लेगुवाबाट भोजपुर सडक जोडियो केहि बर्षको अन्तरालमा कच्चिनै किन नहोस सडक जोडियो । जुन कुरा म आफैलाई असंभव जस्तो लाग्थ्यो त्यो संभव भयो मेरै आखाले त्यो परिवर्तन देख्यो । अहिले त्यो कच्चिनै किन नहोस गाडि गुडेका छन् जनताले परिवर्तन महसुस गरेका छन् । सबै ठाउमा छैन होला तर म आफै उदाहरण हुँ मट्टितेल हालेर कुप्पिको उज्यालोमा अक्षर चिन्ने र एसएलसी सम्म नै मैले टुकिको उज्यलोमा धुवा खादै पढेको हुँ मैले एसएलसी उतिर्ण गरेको धेरै समय नै भएको छैन । मात्र १० बर्ष भयो । म आफै हुँ एसएलसी उतिर्ण भएर धनकुटा हिलेसम्म हिडेर काठमाण्डौ छिरेको तर अहिले त्यो अबस्था रहेन घर घरको छानामा डिस होम छन्, बत्ती छ, अहिले त्यहि गाउका माध्यामिक स्कुलमा पढ्नेहरुका हातमा मोवाईल फोनहरु छन् । आखिर आठ, दश बर्षकै अन्तरालमा विभिन्न बाधा अड्चन हुदा हुदै पनि परिवर्तन भयो अब यसलाई के भन्ने ?, तत्कालिन अबस्था त्यहाको बर्णन गर्ने हो भने न त्यहा राज्यको उपस्थिति थियो न त पार्टीगत नेताहरु हिड्ने अबस्था थियो माओवादि युद्दको चरम उत्कर्षमा त्यहा बाटो खनिदै थियो कहिले रोकिन्थ्यो कहिले बार्ता मिल्थ्यो अनि फेरि खन्न सुरु हुन्थ्यो, त्यसैले परिवर्तन नछेकिने रहेछ छेक्न खोजिने मात्र रहेछ तर एकदिन परिबर्तनले बाटो आफै बनाउदो रहेछ यो मैले आफै देखेको उदाहरण हो ।


अर्को उदाहरण काठमाण्डौ को म अहिले जुन ठाउँमा बस्छु कामपा वडा नम्वर ७ कुमारीगाल यो ठाउमा बसेको पनि त्यहि १० बर्ष भयो किनभने मैले एसएलसी दिएर पढ्ने क्रममा यहा डेरा लिएर बसेको हुँ । म आउँदा त यो ठाउँ भरिई सकेको थियो । पुरै शहर भैसकेको थियो तर लगभग ४५ को हाराहारी हुनुभएको यहिको स्थानिय शिक्षित अङ्कलले मलाई भन्नु हुन्छ भाई ५० सालसम्म त यो एरिया पुरै खेत थियो, औँलामा गन्न सक्ने घरहरु मात्र थिए । बाटो पनि धुले थियो जुन ठाउँमा हामी बसेर चिया पिउदै छौँ, यो त खहरे थियो, पानि बग्थ्यो यहाँचाहि अग्लो कान्लो थियो । कहा यस्तो पिच बाटो हुनु नि, यो गोरेटोमा एक्लै हिड्दा भुत निस्किन्छ भन्ने गर्थे । मोवाईल थिएन । यो मोटरसाईकलको कल्पना नै थिएन । मैले ४२ सालमा एसएलसी पास गरे पछी म त्यो भन्दा माथि पढ्छु मास्टर्स गर्छु भन्ने पनि कल्पना हुन्न थियो । यतिसम्म की काठमाण्डौमा असन मात्र शहर थियो । हामिलाई बाहुनको छोरो भन्ने चिनेर मःम पसलेले मःम दिदैन थियो भनेपछि कति परिवर्तन भएको छ त ? मलाई जिवनमा बाईक चढ्छु भन्ने नै थिएन फेरि बाईक कै कल्पना नभएपछि गाडि चड्छु भन्ने त कुरै भएन तर यो बिस बाईस बर्षकै अन्तरालमा यतीका परिवर्तन भएको छ कि, हरेक घरमा बाईक गाडि छन् । उहिलेको खहरे पिचरोड भएको छ, कौडिको भाउ नपाउने जग्गा करौडौको भएको छ । भुत हिड्ने खहरेको किनारमा बसेर हामी चिया पिउदै छौ । कुर्नु मात्र पर्ने रहेछ भाई परिबर्तन छेकेर छेकिन्न । केहि बर्षको अन्तरालमा जुन धुले सडक भन्दैछौ नि यहाँ भ्याकुम लाग्छन् । बिहानै ओछ्यानबाटै सडकमा लागेका भ्यकुमको आवाजले निन्द्रा खुल्ने समय आउछ ।हाम्रो आखाले देख्ने छौँ, भनेर मलाई अङ्कलले भनिरहँदा मलाई अचम्म लग्यो किनकि मैले देखेको यो ठाउ र म भन्दा अग्रज अङ्कलले देखेको यो ठाऊँ कति अन्तर थियो कि म कल्पनासम्म गर्न सक्दिन थिए । त्यसैले परिवर्तनलाई कसैले छेक्न सक्दैन छेक्न खोज्ने हुन तर परिवर्तनले आफै बाटो बनाउछ । 

यी उदाहरणहरु प्रतिनिधि मात्र हुन, ५० साल भन्दा अगाडी जुन शासन पद्धती थिए । त्यसको ब्याख्या गर्न अहिले चाहान्न तर दश बर्षे जुन माओवादी र सरकारको लडाई जसरी भयो यसको प्रभाव ग्रामिण भेगमा अझ जरजर स्थिति श्रृजना गर्यो, माओवादी आन्दोलन समयको माग थियो कि नियोजित थियो । त्यो त समयले नै पुष्टि गर्दै जाला, केहि घाटा केहि फाईदा भएका होलान तर परिवर्तन या भनौ विकास त्यस्तो अवस्थामा पनि छदैँ थिएन भन्ने हैन की सुष्त थियो अतिनै सुष्त थियो । लगभग शुन्य कै हाराहारीमा थियो तर परिवर्तन अस्तित्वमा थियो । त्यसैले त्यो समय र यो समय फरक छ । अब परिबर्तन सम्भव छ, बिकास सम्भव छ, ढिलो चाडो हुनसक्छ तर रोकेर रोकिन्न छेकेर छेकिन्न । इच्छा शक्ति, सहनशिलता, सरता, दया सत्य र दाइत्वलाई मेरा नेताले पालन गर्ने हो भने परिवर्तन मैले तपाईले ५ बर्ष भित्र देख्न पाउछौ ।

You may also Like this

थप समाचार

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...