टिकटविना परेवाले यात्रा गरेपछि...

२०७४ भदौ २८ गते १५:०६ मा प्रकाशित


parewa२८ भाद्र । भारतको तमिलनाडुमा भएको एउटा घटना अहिले चर्चामा रहेछ । सोसल मिडियामा पनि यसको चर्चा भैरहेको छ भारतमा ।

हालै तमिलनाडु परिवहन निगमको एउटा बसहरुरबाट एलावडीतर्फ जाँदै थियो । सोही क्रममा बीच बाटोमा टिकट जाँच गर्ने जाँचकर्ता बसमा चढे । उनले सबै यात्रुको टिकट चेक गरे । त्यसैक्रममा उनको नजर एकजना यात्रुको छेउमा झ्यालमा बसिरहेको परेवामाथि पर्यो । त्यसपछि ती जाँचकर्ताले उक्त परेवाको टिकट देखाउन ती यात्रुलाई आदेश दिए । तर परेवाको टिकट कहाँबाट काट्नु रु परेवाको टिकट देखाउन भन्ने जाँचकर्तासँग ती यात्रु सवालजवाफ गर्न थाले ।


त्यसपछि जाँचकर्ताले बसको कन्डक्टरसँग परेवाको टिकट काटे नकाटेको बारेमा सोधे । कन्डक्टरले परेवाको टिकट नकाटिएको जवाफ दिए ।

ती यात्रु बसमा चढ्नेबेलामा उनीसँग परेवा नरहेको र पछि ती यात्रुको छेउमा झ्यालमा परेवा कसरी आइपुग्यो भन्ने बारेमा आफुलाई थाहा नभएको कन्डक्टरले बताए ।

त्यसपछि ती जाँचकर्ताले परिवहन विभागको नियमका बारेमा कन्डक्टरलाई ब्याख्या गर्न थाले । उक्त नियममा यदि कुनै यात्रुले बसमा पशुपंक्षी आफूसँग ल्याएमा त्यसको पनि अनिवार्य रुपमा टिकट काट्नुपर्ने व्यवस्था रहेछ ।

त्यसपछि जाँचकर्ताले सोही नियमको आधारमा ती कन्डक्टरको नाममा एक सूचना जारी गर्दै स्पष्टीकरण माग गरेका छन् ।

तर, अधिकारीहरुले भने कुनै यात्रुले ३० भन्दा धेरै परेवाहरु आफूसँग लिएको भएमा मात्र उसले मानिसलाई लाग्ने बसभाडाको एक चौथाई भाडा तिरेर टिकट किन्नुपर्ने व्यवस्था रहेको बताएका छन् । एउटा मात्र परेवा राख्दैमा छुट्टै टिकट काट्नुपर्ने आवश्यकता पर्दैन । एजेन्सी

You may also Like this

थप समाचार

श्रृंखला मिस वर्ल्ड प्रतिस्पर्धाकाे भाेटिङमा सबैभन्दा अगाडि, यसरी गर्न सकिन्छ भाेट
श्रृंखला मिस वर्ल्ड प्रतिस्पर्धाकाे भाेटिङमा सबैभन्दा अगाडि, यसरी गर्न सकिन्छ भाेट

काठमाडौं– मिस नेपाल २०१८ की विजेता हुन श्रृंखला खतिवडा । मिस नेपालको ताज पहिरिएपछि उनी अहिले मिस वर्ल्डका निम्ति ...

तपस्वी बम्जनले एक युवतीमाथि पटक–पटक बलात्कार गरेको आरोप
तपस्वी बम्जनले एक युवतीमाथि पटक–पटक बलात्कार गरेको आरोप

काठमाडौं । तपस्वी रामबहादुर बम्जनले एक युवतीमाथि पटक–पटक बलात्कार गरेको आरोप लागेको छ । जंगलमा तपस्या बसेका बम्जनमाथि ...

टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)
टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ टुपेक नयाँबस्तिमा रहेको टुपेक कृषि सहकारी संस्थाले आफ्ना २ जना उत्कृष्ट महिला ...

सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड
सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड

१० वैशाख, काठमाडौं । लिभरपुलका मोहम्मद सलाहले पीएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । २५ वर्षीय सलाहले केभिन डी ब्रुेयन, ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...