१० वर्षकी बालिकाको हत्या गरेर फरार अभियुक्त पक्राउ

२०७४ भदौ २ गते ११:२७ मा प्रकाशित


pakrauकञ्चनपुर, भदौ २ । कञ्चनपुरको भीमदत्त नगरपालिका(९ मटेनामा १० वर्षकी बालिकाको हत्या गरेर फरार भएका अभियुक्त भारतको हरियाणाबाट पक्राउ परेका छन् । 

भीमदत्त नगरपालिका मटेनाका १० वर्षकी बालिका शीतल विष्टको गएको साउन २२ गते घाँटी च्यापेर हत्या गरी स्थानीय गौताडी खोलामा बाढीमा बगेको भनी घटना मोड्न खोजेका स्थानीय ३० वर्षका अभियुक्त हीरासिंह ऐरीलाई प्रहरीले भारतको हरियाणाबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको टोलीले अभियुक्त ऐरीलाई हरियाणास्थित आफन्तको डेराबाट नियन्त्रणमा लिई भीमदत्तनगर पु¥याएको छ ।
प्रहरीसमक्ष ऐरीले बालिकाको घाँटी च्यापेर हत्या गरेको स्वीकारेका छन् । पक्राउ परेका अयिभुक्तसहित घटनाबारे बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले छिमेकमा खेल्न भनी गएकी बालिका विष्टलाई मादक पदार्थ सेवन गरेका अभियुक्त ऐरीले हत्या गरी राति नजिकैको खोलामा लगेर फालेको बताउनुभयो ।
‘शुरुमा विष्टका आफन्तले खोलामा मृतावस्थामा भेटिएको भनी प्रहरीमा उजुरी दिए ।’ प्रहरी उपरीक्षक चन्दले भन्नुभयो, ‘घटनास्थलको अनुसन्धान र शव परीक्षण रिपोर्ट हेर्दा हत्या भएको आशंकापछि हाम्रो गहन अनुसन्धान भयो र सफल पनि भयौँ ।’

घटनाका बेला बालिकाको बगेर मृत्यु भएको हल्ला गरिएपनि शव परीक्षण रिपोर्टमा हत्या भएको हुनसक्ने भन्दै प्रहरीले घटनाको विस्तृत अनुसन्धान थालेको थियो । हत्या गरिएका बालिकाका परिवारले ल्याएको उजुरीअनुसार प्रहरीले अभियुक्त ऐरी पक्राउ गर्नुअघि नै थप दुईजनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइसकेको थियो । रासस

You may also Like this

थप समाचार

धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या
धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला ...

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...