प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि पायोनियरलाई (भिडियो)

२०७४ माघ १८ गते २३:३७ मा प्रकाशित


Pabson Spelling content (5)

काठमाडौँ । प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि कपनमा रहेको पायोनियर पब्लिक स्कुलले जितेको छ । कपन स्थित पुष्पलाल मेमोरियल स्कुलमा बिहिबार भएको स्पेलिङ कन्टेन्टमा १४ स्कुललाई पछि पार्दै पायोनियरले उपाधि पाएको हो ।

Pabson Spelling content (3)
यस्तै प्रतियोगितामा त्रिनेत्र स्कुल दोश्रो भएको छ भने सन साइन स्कुल तेश्रो भएको छ ।

Pabson Spelling content (4)
बिहिबार नै विजयी विद्यार्थीहरुलाई विशेष समापन कार्यक्रमका विच पुरस्कृत गरिएको थियो ।
नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुलीको प्रमुख आतिथ्यतामा भएको उक्त समापन कार्यक्रममा विभिन्न स्कुलका प्रिन्सिपल, सहभागि विद्यालयका प्रतिनिधिहरु, प्याब्सनका टिम लगायतको उपस्थिति रहेको थियो ।

Pabson Spelling content (6)
प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतिय हुने विद्यालयलाई क्रमश ३ हजार, दुई हजार एक सय, एक हजार पाच सय सहित मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको प्याब्सकका महा–सचिव गेन्द्र लामाले बताउनु भयो ।

Pabson Spelling content (2)
निर्णायकको भुमिकामा भोजकुमार धमला, राजन श्रेष्ठ र यम पुरी रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष पराजुलीले यि र यस्ता कार्यक्रमहरुले विद्यालयहरु विचको भाईचारा सम्बन्धलाई कायम राख्नुका साथै विद्यार्थीहरुको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्न थप टेवा पुग्ने बताउनु भएको थियो ।

Pabson Spelling content (1)
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबर डट कमका लागि श्याम कार्कीले प्याब्सकका अध्यक्ष बाल कुमार गुरुङसंग स्थलगत कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...