‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)

२०७५ असोज १४ गते १९:१४ मा प्रकाशित


PABSOK Principal Cup (1)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ शनिबार सम्पन्न भएको छ ।

PABSOK Principal Cup (2)
चुच्चेपाटिमा रहेको लुम्बिनी फुटसपलमा २१ विद्यालयहरुको सहभागितामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न भएको हो ।

PABSOK Principal Cup (7)
यस्तै २० विद्यालयलाई पछि पार्दै चुच्चेपाटिमा रहेको लुम्बिनी एकेडेमीले उपाधि पाएको छ । कपनमा रहेको पायोनियर पब्लिक स्कुल दोश्रो र कपनमा नै रहेको ज्ञान प्रकाश एकेडेमी तेश्रो भएको छ ।

PABSOK Principal Cup (3)
फाइनल खेल निकै नै रोमाञ्चित बनेको थियो । निर्धारित समयमा पायोनियर र लुम्बिनी १–१ गोलमा रोकिए पछि खेल पेनाल्टि सुटमा गएको थियो ।

PABSOK Principal Cup (6)

पेनाल्टिमा पायोनियरलाई पछि पार्दै लुम्बिनीले उपाधि पाएको हो ।

PABSOK Principal Cup (5)
शनिबार नै विजयी टिमलाई पुरस्कृत गरिएको थियो ।
उपाधि पाउनेलाई खसि प्रदान गरिएको थियो भने प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई ट्रफी, मेडल प्रदान गरिएको थियो ।

PABSOK Principal Cup (4)
राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल (नेसनल प्याब्सन) का अध्यक्ष रितु राज सापकोटाको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, प्याब्सक पदाधिकारी एवं प्याब्सकमा आवद्ध स्कुलका प्रिन्सिपल लगायत फुटसल तथा शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई प्याब्सकका महासचिव गेन्द्र लामाले सञ्चालन गरेका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले प्याब्सकका अध्यक्ष बाल कुमार गुरुङसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

सुविधा कटौतीको विरोधमा देशैभरका कपडा उद्योग बन्द
सुविधा कटौतीको विरोधमा देशैभरका कपडा उद्योग बन्द

काठमाडौं– कपडा उद्योगीले शनिबारदेखि कपडाको उत्पादन र वितरण ठप्प पारेका छन्। सरकारले चालू आर्थिक वर्ष (आव) २०७ ...

नेपाली लेग स्पेनर सन्दिप टी–१० खेल्दै
नेपाली लेग स्पेनर सन्दिप टी–१० खेल्दै

विश्व क्रिकेटमा आफ्नो छुट्टै आयाम बनाईरहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टि&nd ...

गायक गिरीको तिम्रो घरको आँगनीमा सार्वजनिक (भिडियो)
गायक गिरीको तिम्रो घरको आँगनीमा सार्वजनिक (भिडियो)

काठमाडौँ । आधुनिक तथा लोकगीतबाट चर्चा कमाउँदै आएका गायक रमेश गिरीले तिम्रो घरको आँगनीमा बोलको गीत सार्वजनिक गरेका छन् । बजारम ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ सम्पन्न, लुम्बिनीलाई उपाधि (भिडियो)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप&rsqu ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...