दोश्रो प्याब्सक फुटसल लिग सम्पन्न, पुष्पलाललाई उपाधि (भिडियो)

२०७४ फागुन ७ गते १८:३० मा प्रकाशित


Pabsok Futsal Legue Closing ceromony (4)

काठमाडौँ । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको दोश्रो प्याब्सक फुटसल लिग सोमबार सम्पन्न भएको छ । गोपिकृष्ण नगरमा रहेको हाम्रो फुटसलमा आईतबारबाट सुरु भएको उक्त लिग आज (सोमबार) सम्पन्न भएको हो ।

Pabsok Futsal Legue Closing ceromony (1)
२४ टिमलाई पछि पार्दै कपनमा रहेको पुष्पलाल मेमोरियल स्कुलले दोश्रो प्याब्सक फुटसल लिगको उपाधि पाएको छ । यस्तै कपनमा रहेको शारदा एकेडेमी दोश्रो र माण्डु एकेडेमी तेश्रो भएको छ ।

Pabsok Futsal Legue Closing ceromony (3)
सोमबार नै हाम्रो फुटसलको ग्राउण्डमा समापन कार्यक्रमको आयोजना गर्दै उपाधि पाएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । प्रतियोगिताका प्रथम, दितीय र तृतिय स्थान हासिल गर्ने टिमलाई क्रमस चार हजार नौ सय, चार हजार दुई सय र तिन हजार पाच सय नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, फेयर प्ले र म्यान अफ द म्याच विधामा समेत खेलाडिहरुलाई पुरस्कृत गरिएको थियो ।

Pabsok Futsal Legue Closing ceromony (2)
नेसनल प्याब्सनका अध्यक्ष रितु राज सापकोटाको प्रमुख आतिथ्यतामा भएको उक्त समापन समारोहमा नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, विभिन्न स्कुलका प्रिन्सिपल, प्याब्सक टिम, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

Pabsok Futsal Legue Closing ceromony (5)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले विजयी विद्यार्थीहरुलाई बधाई एवं विद्यार्थीहरुको खेलकुदमा रहेको अन्तरनिहित क्षमताको उजागर गर्न प्याब्सकले खेलेको भुमिका प्रति सकारात्मक टिप्पनी गरेका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले प्याब्सकका अध्यक्ष बाल कुमार गुरुङसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...