ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल आउँछन् : ज्ञवाली

२०७४ माघ २१ गते १६:११ मा प्रकाशित


Pradeep-Gyawali

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने खुलासा गरेका छन्।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको दाबी गर्दै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल भ्रमणमा आउने बताए।

स्वराजको नेपाल भ्रमणअघि नै एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको टेलिफोन वार्तामा दुवै पक्षले एक–अर्कालाई भ्रमणको निम्तो दिएकोले सोही अनुसार मोदी नेपाल आउने ज्ञवालीले बताए।

‘जसरी मोदीले ओलीलाई दुईपटक फोन गर्नुभयो, उहाँ स्वराज नेपाल भ्रमण आएर अविश्वास हटाउनुभयो,’ ज्ञवालीले भने।

ओलीले मोदीलाई जनकपुर र मुक्तिनाथको भ्रमण रोकिएको स्मरण गराउँदै नेपाल भ्रमणको निम्तो दिएको पनि ज्ञवालीले बताए। नेपाल–भारत द्वीपक्षीय सम्बन्ध सुधार भएको उनको विश्वास छ। ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा भएको अविश्वास हटेको दाबी गरेका हुन्।

स्वराजको भ्रमण भारत सरकारको रुचिअनुसार भएको दाबी गर्दै ज्ञवालीले अनावश्यक टिकाटिप्पणी गर्न उचित नभएको जिकिर गरे।

‘वामपन्थीको बहुमत आएकोमा बधाई दिँदै नयाँ सरकार गठनपछि सहकार्य गरौं भन्नका लागि स्वराज आउनुभएको हो। नयाँ सरकारसँग सहकार्य गर्नका लागि वातावरण बनोस् भन्ने भारतको चाहना हो,’ ज्ञवालीले भने।

विगतमा नेपालमा नयाँ सरकार बन्ने बेलामा नेपालकै नेताहरु भारत दौडिने गरेकोमा अहिले भारतका मन्त्री नेपाल आउनु सकारात्मक भएको उनले बताए।

‘पहिला पहिला नेपालमा सरकार बन्ने बेला नेपालका नेताहरु दौडेर भारत जाने परम्परा थियो । यो गलत परम्परा तोडिएको छ,’ ज्ञवालीले भने ।
स्वराजको भ्रमणलाई सहज रूपमा लिनु पर्नेमा नकारात्मक टिप्पणी गरिएकोप्रति ज्ञवालीले आक्रोष पोखे। ‘कतिपयले हिनताबोध र कुण्ठा व्यक्त गरेका छन्। यो आवश्यक छैन,’ उनले भने ।

संविधान जारीपछिको नीतिमा भारतले पुनरावलोकन गर्न चाहेको संकेत पाइएको ज्ञवालीको भनाइ छ।

फरक प्रसङ्गमा नेता ज्ञवालीले फागुनभित्र नयाँ सरकार गठन र पार्टी एकता प्रक्रिया टुङ्गोमा पुग्ने दाबी गरे। पछिल्लो समय पार्टी एकता हुँदैन भनेर गरिएको प्रचारप्रति आक्रोशित देखिएका ज्ञवालीले एकता नचाहनेले गलत हल्ला चलाएको आरोप लगाए। साभारः सेतो पाटी

You may also Like this

थप समाचार

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि
पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

काठमाडौँ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयले ...

एकल पुरुषलाई पनि बिदुर भत्ता दिने
एकल पुरुषलाई पनि बिदुर भत्ता दिने

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले ए ...

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण
कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ?, मत सर्वेक्षण

कसले जित्ला वल्र्ड कपको उपाधि ?, फ्रान्स कि क्रोएसिया ? ...

स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यकर्मीलाई विदामा नबस्न र हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...