एकता विरोधीलाई ओली र दाहालको खबरदारी

२०७४ पुस ९ गते ०८:१५ मा प्रकाशित


kp shram oli- puspakamal dahal-prachanda

एमाले माओवादी मूल नेतृत्व पार्टी एकतामा दृढ देखिएको छ। पार्टीका अन्य केही नेता विपक्षमा उभिन खोजे पनि नेतृत्व भने एकतामा अडिग देखिएको हो। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालका अभिव्यक्ति र कार्यशैलीले पनि एकतामा आशंका गर्ने ठाउँ साँघुरिँदै गएको नेताहरू बताउँछन्।

पार्टीभित्र असन्तुष्टिको आवाज मुखरित हुन नदिन ओली -दाहाल दुवैले गरेको खबरदारीले पनि एकताप्रतिको आशंकालाई साँघुरो बनाउँदै लगेको छ। माओवादीभित्र सुषुप्तरुपमा उठ्न थालेको असन्तुष्टिलाई शनिबार मात्रै दाहालले भैरहवाको एक कार्यक्रममार्फत खबरदारी गरेका खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्ण पोष्ट दैनिकमा लेखेका छन्।

‘को नेताले के भने त्यसको पछि नलाग्नुस्, एमाले माओवादीमा एकता मन नपराउने एकाध मान्छे होलान्, तर हामी सबै इमान्दार छौं, गम्भीर छलफल गरेर एकता टुंग्याउँछौं, दहालले भने ।

गोपाल किराँती, विश्वभक्त दुलाल (आहुति) लगायत केही नेताले एकताको विपक्षमा बोल्न थालेपछि दाहालले त्यस्तो टिप्पणी गरेका हुन्। बरु उनले नेता कार्यकर्तालाई त्यही कार्यक्रमबाट भने, ‘एकताका लागि तपाईंहरूले पनि नेतृत्वलाई बल दिनुस्।’

ओलीले पनि तीन दिनअगाडि काठमाडौंको एक कार्यक्रममा आफ्नै नेताहरूलाई खबरदारी गर्दै भनेका थिए, ‘एकताको विरोधमा कसैले जिब्रो निकाल्न सक्छन् तर रोक्न सक्दैनन्।’

शीर्ष नेता नै सकारात्मक रहेका कारण अब दुई पार्टी एकतामा आशंका गर्ने ठाउँ नरहेको माओवादी पोलिटब्युरो सदस्य हेमराज भण्डारीले बताए। पार्टी एकता संयोजन समितिको बैठक बस्न भइरहेको ढिलाइले भने अझै आशंका जन्माइरहेको छ।

शनिबार एकता संयोजन समितिको बैठक बस्ने नेताहरूले बताए पनि तीन दिन पछि सरेको छ। अब समितिको बैठक ११ गते मात्रै बस्ने माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। माओवादी अध्यक्ष दाहाल आइतबार र सोमबार दुई दिन गृहजिल्ला चितवनको कार्यक्रममा ब्यस्त रहने भएकाले बैठक सरेको हो।

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...