ओडिसीको १८औँ वार्षिक उत्सव तथा लोक नृत्य प्रतियोगिता सम्पन्न

२०७४ भदौ ९ गते ००:१७ मा प्रकाशित


odc folk song dancing compedition (2)काठमाडौँ । धापासीमा रहेको ओडिसी इन्टरनेशनल एकेडेमीले आफ्नो १८औँ वार्षिक उत्सव तथा हिन्दु नारीहरुको महान पर्व हरितालीका तिजको उपलक्ष्यमा दोश्रो ओडिसी अन्तर विद्यालय उपत्यकाव्यापी नेपाली लोक नृत्य प्रतियोगिता यहि श्रावण ३१ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न गरेको छ ।

odc folk song dancing compedition (8)
खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे, विभिन्न स्कुलका प्रिन्सिपल तथा प्रतिनिधिहरु, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

odc folk song dancing compedition (3)
३५ विद्यालयहरु सहभागि भएका उक्त उपत्यकाव्यापी नेपाली लोक नृत्य प्रतियोगितामा लालिगुरास नेशनल एकेडेमीले प्रथम स्थान हासिल गरेको थियो । यसैगरी मनास्लु पब्लिक स्कुलले दोस्रो स्थान, हिमश्मी हाई स्कुलले तेश्रो स्थान, गोल्डेनपिक स्कुलले सान्त्वना स्थान हासिल गरेका थिए ।

odc folk song dancing compedition (5)
उत्कृष्ट मौलिक तथा परम्परा नृत्य भेनस पब्लिक स्कुल, उत्कृष्ट भेषभूषा पायोनियर पब्लिक स्कुल, उत्कृष्ट हाउभाउ एन्जल हर्ट स्कुल, उत्कृष्ट नृत्य निर्देशक बेविलोन नेशनल स्कुलका निरिप केसी, उत्कृष्ट एकल महिला नृत्यकार साउथ वस्र्टन स्कूलकी प्रशन्ना लामा, उत्कृष्ट एकल पुरुष नृत्यकार न्यूटन चिल्ड्रेन एकेडेमीका रोजन बर्नालीलाई प्रदान गरिएको थियो । विजयी सबैलाई प्रमाण–पत्र र ट्रफि वितरण गरिएको थियो ।

odc folk song dancing compedition (7)
‘प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मुल नाराको साथ आयोजना गरिएको प्रतियोगितामा नेपाली मैलिकपन, सास्कृतिक पहिचान सहितका नेपाली लोक नृत्य प्रस्तुत भएका थिए । बहुभाषिक तथा बहुसाँस्कृतिकमा धनी हामी नेपाली, हाम्रो साँस्कृतिक पहिचानको महत्व बुझाउन र जर्गेना गर्न विद्यालय स्तरबाट नै विद्यार्थीहरुलाई बोध गराउन ओडिसी अन्तर विद्यालय उपत्यकाव्यापी नेपाली लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो र भव्यताका साथ सम्पन्न भयो ओडिसीका प्रिन्सिपल नारायण रोकाले केटिएम खबरलाई बताउनु भयो ।

odc folk song dancing compedition (4)
सोही कार्यक्रमको अवसरमा प्रिन्सिपल रोकाले आँखा दान गर्ने घोषणा गरेका थिए । कार्यक्रममा बोल्दै मृत्यु पश्चात पनि आँखा प्रयोग गर्न मिल्ने भएकाले आँखा दान गर्न लागेको उनले बताए ।

odc folk song dancing compedition (1)

odc folk song dancing compedition (6)

odc folk song dancing compedition (9)

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...